१ मंसिर २०८१ शनिबार
image/svg+xml

१४ दिन आईसोलेसनमा बस्दा लक्षण नदेखिएमा निको भएकोमा गणना गर्ने प्रदेश सरकारको निर्णय

गण्डकी प्रदेश सरकारले कोरोना संक्रमण भई १४ दिन आईसोलेसनमा बसेकाहरुलाई निको भएको संख्यामा गणना गर्ने भएको छ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। गण्डकी प्रदेशमा शुक्रबार साँझसम्ममा कोरोना संक्रमितको संख्या १० हजार ७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै

गण्डकी प्रदेशमा २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी कोरोना संक्रमित भएको पाईएको छ। गण्डकी प्रदेशमा कुल संक्रमितको २७.१८ प्रतिशत संक्रमित २० देखि ३० वर्ष उमेर समूहका रहेका हुन्।

गण्डकी प्रदेशका सशस्त्र प्रहरीको काममा आइजीको प्रशंसा

सशस्त्र प्रहरी महानीरिक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमणको महामारीमा पनि उच्च मनोबलका साथ सुरक्षामा खटिएको भन्दै प्रशंसा गरेका छन्।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो

गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या एक सय पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाले ४ जनाको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशलाई प्रहरी संगठन बनाउने बाटो खुल्यो

गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ।

'जनताको मुहार फेर्ने स्थानीय तह'

गण्डकी प्रदेशप्रमुख अमिक शेरचनले जनताको मुहार फेर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

खेलकुद विधेयक टेबुल

गण्डकी प्रदेशको खेलकुद विकासका लागि प्रदेश सरकारले ल्याउन लागेको ‘गण्डकी खेलकुद विकास ऐन २०७७’ सदनमा टेबुल गरिएको छ।

गण्डकी प्रदेशमा बजेट नल्याउने गण्डकी गाउँपालिका मात्रै

असार १० गते भित्र ल्याउनुपर्ने नीति कार्यक्रम र असार मसान्त भित्र ल्याउनुपर्ने बजेट गोरखाको गण्डकी गाउँपालिकाले अझै ल्याउन सकेको छैन। अन्तर सरकारी बित्त ब्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारले साउनदेखि चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट अनुसार काम गर्नुपर्छ।

महानगरले सडक, प्रदेश सरकारले पुल बनाउने

हल्लनचोक–पामे–घाँटीछिना सडक खण्ड १३ किलोमिटर छ । बहुवर्षे योजना अनुसार गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले निर्माणमा सहकार्य गर्दै आएका छन् ।

गण्डकीमा जोरबिजोर लागू नहुने

कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ । सरकारले २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो ।

मासु, दूध र अण्डामा गण्डकी आत्मनिर्भर

गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको छ। गण्डकी प्रदेश राष्ट्रिय मापदण्डअनुसार मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी सूचना अधिकारी प्रेरणा सेंढाईले जानकारी दिइन्।

गण्डकी प्रदेश : खेलकुद पूवार्धार निर्माण र स्तरोन्नती गर्न ५ करोड बजेट

निर्माणाधिन पोखरा रंगाशालाको फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल लगायत गण्डकी प्रदेशका विभिन्न खेलकुद पूर्वाधारको लागि यो आर्थिक वर्ष(२०७७/७८)मा ५ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश ‘खेलकुद नियमावली’ कानून मन्त्रालय पेश

राष्ट्रिय खेलकुद परिषदले सदस्य सचिव पाईसकेको छ । नेपाली खेलकुदकै इतिहासमा पहिलो पटक आवेदन मार्फत खुल्ला रुपमा छनोट गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्