८ वैशाख २०८१ शनिबार
समाज

गण्डकी प्रदेशका सशस्त्र प्रहरीको काममा आइजीको प्रशंसा

सशस्त्र प्रहरी महानीरिक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमणको महामारीमा पनि उच्च मनोबलका साथ सुरक्षामा खटिएको भन्दै प्रशंसा गरेका छन्। गृह सचिव महेश्वर न्यौपानेसहित गण्डकी प्रदेश अन्तर्गत पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका सशस्त्र प्रहरी कर्मचारीसँगको अन्तर्क्रियामा सो प्रशंसा गरेका हुन्।  

सशस्त्र प्रहरि महानिरीक्षक खनालले विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम राख्न समन्वय र सहकार्य तथा एकीकृत सुरक्षा योजनाका साथ कार्य गरेमा मात्र उत्कृष्ट सफलता मिल्ने बताउँदै सशस्त्र प्रहरी कर्मचारीले जिल्लामा बसेर विपद् व्यवस्थामा खटिदा चुनौतिको सामाना गरेको विषय मूख्यालयले मूल्यांकन गरिरहेको समेत बताएका थिए।

महानिरीक्षक खनालले ती जिल्लामा रहेका मातहत युनिटको निरीक्षण गर्ने क्रममा इमान्दार र अनुशासित ढंगले राज्यले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिँदै सो कुरा बताएको सशस्त्र प्रहरी बल सूचना शाखाले जनाएको छ। गण्डकी प्रदेशका तीन जिल्लाहरुका गृहसचिव न्यौपानेले प्रमुख जिल्ला अधिकारीहरुलाई भेट गरेर एकिकृत सुरक्षा योजना बनाएर जान निर्दैशन दिएका थिए।

प्रकाशित: २१ कार्तिक २०७७ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App