coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय पुग्यो

गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या एक सय पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाले ४ जनाको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पछिल्लो पटक गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर १० का ५७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको गएराती ११ः३० मा उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनलाई कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यस्तै, पोखराका एक बालकको पनि मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै उपचाररत उनको गएराती १०ः१५ बजे उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ। उनमा निमोनियाको समस्या थियो।

पाोखरा १७ का ७५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु भएको छ। गण्डकी मेडिकल कलेजमा उपचाररत उनको आज विहान ९ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ। उनलाई कात्तिक १४ गते कोरोना पुष्टि भएको थियो।

यसैगरी, बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनको आज विहान ८ः५० बजे उपचारको क्रममा निधन भएको निर्देशनालयले जनाएको छ। कात्तिक ८ गते कोरोना संत्रमण पुष्टि भएको उनमा निमोनियाको पनि समस्या थियो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुगेको हो। जसमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वतका १ र लमजुङका १ जना रहेको निर्देशनालयको वेबसाईटमा उल्लेख छ।

प्रकाशित: २१ कार्तिक २०७७ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App