coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। गण्डकी प्रदेशमा शुक्रबार साँझसम्ममा कोरोना संक्रमितको संख्या १० हजार ७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कोरोना संक्रमित मध्ये आधा निको भएर घर फर्किसकेका छन् भने आधामा सक्रिय केस रहेको तथ्याङ्कले देखाएको छ। गण्डकी प्रदेशमा शुक्रबार साँझसम्म ४ हजार ९ सय ५८ वटा सक्रिय केस रहेका छन्। संक्रमित मध्ये ४ हजार ९ सय ९९ जना भने निको भएर संक्रमण मुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालयको वुलेटिनमा उल्लेख छ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १७२ जना नया संक्रमित थपिएका छन्। सोहि अवधीमा २० जना भने निको भएर संक्रमण मुक्त भएका छन्।

गण्डकी प्रदेशमा हालसम्म ९९ हजार २ सय २९ जनाको पिसीआर परीक्षण गरिएको छ। जसमध्ये ८९ हजार १ सय ५४ जनाको नेगेटिभी आएको छ।

गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट ११८ जनाको मृत्यु भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको पनि निर्देशनालयको वुलेटिनमा उल्लेख छ।

प्रकाशित: २९ कार्तिक २०७७ ११:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App