१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

गण्डकी प्रदेश : खेलकुद पूवार्धार निर्माण र स्तरोन्नती गर्न ५ करोड बजेट

तयार भएको पोखरा–२५ हेमजास्थित गौरीशंकर फुटबल मैदान । तस्बिर : नागरिक

निर्माणाधिन पोखरा रंगाशालाको फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल लगायत गण्डकी प्रदेशका विभिन्न खेलकुद पूर्वाधारको लागि यो आर्थिक वर्ष(२०७७/७८)मा ५ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेशका खेलकुद पूर्वाधार विशेष गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयार पार्ने योजनासहित बजेट छुट्याइएको हो । पोखरा रंगशाला बहुउद्देश्यीयक कभर्डह हलको साउण्ड सिष्टम, सिट र ल्याण्डस्केपको लागि १ करोड रुपैयाँ छ । पोखरा रंगशाला फुटबल मैदान, पौडी पोखरी, सुटिङ रेन्ज र लामाचौरस्थित ज्येष्ट नागरिक बहुउद्देश्यीय कभर्ड निर्माणको लागि यो आर्थिक वर्षमा ५०/५० लाख रुपैयाँ छुट्याइएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुदल विकास समितिले जनाएको छ । लमजुङस्थित गौलीटार खेल मैदानको लागि ५० लाख रुपैयाँ छ ।  

पोखरा रंगशालाभित्रैको क्रिकेट मैदानको लागि पनि २५ लाख रुपैयाँ छ । पोखरा–१९ लामाचौर फुटबल मैदानलाई १० लाख, पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानलाई १० लाख रुपैयाँ छ । लमजुङ कभर्ड हललाई १०, मदनभण्डारी खेल मैदान बाग्लुङलाई १०, तनहुँस्थित चिन्तुटार खेल मैदानलाई १०, पर्वतको कुष्मास्थित कभर्ड हललाई १०, बेनी रंगशाला  स्तरोन्नती गर्न १० लाख रुपैयाँ छुट्याइएको छ । मनाङ कभर्डलाई १०, मुस्ताङ कभर्डहललाई १०, स्याङजा कभर्ड हललाई १० लाख, नवलपुरस्थित फुटबल मैदान निर्माण गर्न १० लाख, गोरखको रंगशाला स्तरोन्नती गर्न १० लाख, रत्नेचौर खेल मैदान म्याग्दीलाई १० लाख रुपैयाँ बजेट रातो किताबमा परेको पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । स्वीमिङ पुल र सुटिङ रेन्जको टेण्डर समेत आह्वान नहुदाँ गतवर्ष काम सुरु हुनै सकेन । गत आर्थिक वर्षमा तीन करोड रुपैयाँ छुट्याई टेण्डर समेत आह्वान गरिएको क्रिकेट मैदानको टेण्डर प्रक्रियामै रद्द हुँदा बजेट रोकिन पुगेको हो । राखेपले ज्येष्ठ नागरिक कभर्ड हल निर्माणकै लागि २ करोड ४० लाख रुपैयाँ खर्च गरिसकेको छ । यो आर्थिक वर्षमा छुट्याइएको बजेटले फिनिसिङ गर्ने सम्भावना छ ।

लामाचौरको गोस्तेस्थित निर्माणाधिन फुटबल मैदानको लागि करोड रुपैयाँ बजेट उपलब्ध गराईसकेको छ । ‘बनाएको संरचनालाई फिनिसिङ गराउन ५० लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ’– लामाचौर खेलमैदान निर्माण समितिका सचिब बुद्धिबहादुर खत्रीले भने–‘एक करोड रुपैयाँ भए ग्रिनरीको समेत काम गर्न सकिन्थ्यो ।’ मैदानको लागि राखेप, पोखरा महानगरपालिका लगायत अन्य विभिन्न संघसंस्थाको सहयोगमा झण्डै ४ करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । पोखरा–२५ हेमजामा निर्माणाधिन गौरींशकर खेल मैदानलाई झण्डै डेढकरोड रुपैयाँ खर्च भईसकेको गौरी शंकर खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुँवरले जानकारी दिए ।

उनका अनुसार परिषदबाट प्राप्त बजेटबाटै मापदण्ड अनुसारको मैदान निर्माण, चौरतिर नाली, प्यारापिट, दुवै तर्फ चेन्जिङरुम, शौचालय तथा मोवाइल शौचालयको समेत व्यवस्था गरिएको छ । पूर्वाधार निर्माणसँगै स्तरोन्नतीको लक्ष्य नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशका ११ जिल्लामा खेलाउने रणनीतिसहित पूर्वाधार निर्माण र स्तरोन्नतीमा जोड दिइएको छ । केही पूर्वाधार तयार छन् । केही बन्ने क्रममै छन् ।

प्रकाशित: १५ श्रावण २०७७ ०८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App