१० मंसिर २०८१ सोमबार
image/svg+xml

पाँचथर पहिरो: १२ जनाको हेलिकोप्टरबाट उद्धार

पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

आगलागीमा परी दुई बालकको मृत्यु

। हिलिहाङ गाउँपालिका–७ यवाडाँडाका प्रेम पन्थाकको मतान घरमा आगलागी हुँदा सोही स्थानमा शर्ण पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ पन्थाक र फिदिम नगरपालिका–५ का सन्तोष खातीका चार वर्षीय छोरा निशान खातीको जलेर मृत्यु भएको हो।

२१ वर्षका प्रधानाध्यापक

फाल्गुनन्द गाउँपालिका वार्ड न.१ भोगटेका स्थायी बासी सरोज श्रेष्ठ २१ वर्षमै प्रधानाध्यापक भएका छन्। उनी ८ कक्षासम्म अध्ययन गराइने श्री बाल विकास आधारभूत विद्यालयका हेडसर भएका हुन।

जग्गा धनिपुर्जामा छ,नक्शामा छैन

जिल्लाको हिलिहाङ र कुम्मायक गाँउपालीकामा मालापोत कार्यालय पाँचथरले घुम्ती शिविर मार्फत जग्गा पास लगायतका काम गरेपनि किताकाट हुन सर्वसाधारण नागरिकलाई समस्या भोग्नु परेको छ।

१७ वर्षदेखि बेपत्ता छोराको बाटो हेर्दै ठगीमाया

‘यतिका समय बितेपनि काखको (कान्छो) छोराको खबर आएन,’ उनले गहभरि आँसु पारेर भनिन्, ‘अहिले, भरे नै टुप्लुक्क आएर आमा भनिहाल्छ कि भन्ने लागेर आँखा जतिबेलै आँगनतिरै गइरहन्छन्।’ घरको आर्थिक अवस्था कमजोर भएकाले कमाउन विदेश गएको छोराको अत्तोपत्तो नहुँदा ठगीमायाको छात्ती चिरिएको छ। छोरो हराएपछि घरमा पतिको समेत निधन भएकाले थामिनसक्नुको पीडा छ उनलाई।

गोलियाले किचेर युवकको मृत्यु

पाँचथरको फाल्गुनन्द गाँउपालीका–७ मा सल्लाको गोलिया पल्टाउने क्रममा एक युवकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

पाँचथरमा लेक लागेर एक जनाको मृत्यु

घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

जस्ताको टहरामा झुण्डिएर आत्महत्या

सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिएका थिए। क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन्।

पाँचथर बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो।

पाँचथर बस दुर्घटनाः मृतक संख्या चार पुग्यो, तीन जनाको मात्र सनाखत

पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ।

पाँचथरमा बस दुर्घटनाः घाइतेमध्ये दुईको मृत्यु

उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा अन्य ६२ जना घाइते छन्। घाइतेमध्ये १५ बालबालिका छन्।

पाँचथर अस्पताल तोडफोड: आकस्मिक बाहेकका सेवा बन्द

स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्