६ आश्विन २०८१ आइतबार
image/svg+xml

अमेरिकामा फेरि भारतीय नागरिकको हत्या

अमेरिकामा फेरि एक भारतीय नागरिकको हत्या भएको छ। वासिङटनको केन्ट सहरमा मास्क लगाएका एक 'आफ्नो देश फर्क' भन्दै ४३ वर्षिय हारनिस् पटेल माथि गोली प्रहार गरेका थिए। पटेलले अमेरिकामा व्यवसाय गर्दै आएका थिए।

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाले उद्‌घाटन गर्ने

नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ। उक्त साधारण सभालाई तयारीका लागि उपसभापति केशव बरालको संयोजकत्वमा साधारणसभा मुल तयारी समिति गठन गरिएको छ।

एनआरएन अमेरिकामा चुनावी सरगर्मी, अध्यक्षमा ५ दावेदार

गैरआवासीय नेपाली संघ (एनआरएनए) का विश्वभरिका ७५ शाखामध्ये सबैभन्दा ठूलो एनआरएन अमेरिकाको आगामी नेतृत्व चयनको मिति नजिकिएको छ। नयाँ नेतृत्व चयनका लागि मे २१ तारिकमा हुने चुनाव नजिकिँदै गर्दा नेतृत्वका लागि आकांक्षीले आआफ्नो दावेदारी एजेण्डासहित सार्वजनिक गर्न थालेका छन्। यतिखेर सदस्यता अभियान तीव्रतर रुपमा बढी रहेको अध्यक्ष डा.केशव पौडेलले बताए।

संघीय प्रहरी अध्ययन गर्न क्यानडा–अमेरिका भ्रमण

प्रहरीको संघीय संरचनाको कार्यान्वयन अवस्था बुझ्न मुख्य सचिव सोमलाल सुवेदी र गृह सचिव लोकदर्शन रेग्मीसहितको टोली क्यानडा र अमेरिका जाने भएको छ। गृह मन्त्रालयको प्रस्तावमा गृहकै एक सहसचिव र प्रहरीका एक नायब महानिरीक्षकसमेत टोलीमा छन्।

अमेरिकाका नेपालीका लागि सहायता केन्द्र खोलिँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशबाट गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने योजनाअनुसार कागजपत्रविहीनलाई पक्राउ गर्न थालेपछि विभिन्न संघसंस्था मिलेर नेपालीका लागि एक सूचना तथा परामर्श सहायता केन्द्र खोल्ने तयारी गरेको छ।

अमेरिकाकै ठूलो बाँध भत्किने खतरा

अमेरिकाको उत्तरी राज्य क्यालिफोर्नियामा रहको अमेरिकाकै सबैभन्दा ठूलो बाँध भत्किने खतरा देखिएपछि त्यस क्षेत्रमा बसोबास गर्ने १ लाख ८० हजार मानिसलाई त्यस क्षेत्र खाली गरी सुरक्षित स्थानतर्फ जान प्रशासनले भनेको छ।

अमेरिकामा आप्रवासीमाथि व्यापक धरपकड, हालसम्म ३७ आप्रवासी देशनिकाला

अमेरिकामा बसोबास गरिरहेका कागजातबिहिन आप्रवासीहरुलाई अमेरिकी सरकारले व्यापक धरपकड गरेको छ। अमेरिकी अधिकारीहरुले विभिन्न ठाउँमा छापा मारेर कागजात नभएका सयौं आप्रवासीलाई प्रकाउ गरेको समाचार संस्था एएफपीले बताएको छ।

चार अर्ब रुपैयाँ डुबाएर 'रेड कर्नर नोटिस'मा परेका कार्की अमेरिकाबाट ल्याइँदै

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी ठगीका मुख्य आरोपित तथा योजनाकार पवनकुमार कार्कीलाई नेपाल फिर्ता ल्याउने प्रहरीको प्रयास अन्तिम चरणमा पुगेको छ। प्रहरीको सर्वाधिक खोजीमा रहेका कम्पनीका तत्कालीन महाप्रबन्धक कार्कीलाई फिर्ता पठाउन अमेरिकाको संघीय प्रहरी सहमत भएको छ।

एनआरएन अमेरिकाकामा चुनाब लाग्यो, तेम्बा शेर्पा अध्यक्ष प्रत्यासी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको केही महिनापछि हुने निर्वाचनका लागि चुनाबी माहोल बन्दै गएको छ। सामाजिक सञ्जालमार्फत् उम्मेदवारी घोषणा गर्ने प्रवृत्ति देखिएको छ। ३ फेब्रूवरी २०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखा अध्यक्षहरुको बैठकले अध्यक्षमा साझा उम्मेदवार खोज्ने घोषणा गरेको छ।

अमेरिकामा मृत्यु भएकी  निसाको परिवारलाई ४५ लाख सहयोग

अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ। नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो।

अमेरिका जान डराए विद्यार्थी

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हासिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ।

अमेरिकालाई इरानको धम्की : प्रतिबन्धको जवाफ मिसाइलले दिन्छौं

इरानको रेभुलेसनरी गार्डका एक वरिष्ठ कमाण्डरले दुस्मनले देशलाई केही गरे इरानी मिसाइल दुस्मनमाथि खसालिने बताएका छन्। एयरस्पेस डिभिजनका प्रमुख जनरल आमिर अली हाजीजादेले भने, ‘यदि दुस्मन सही बाटोमा हिँड्दैन भने हाम्रो मिसाइल उमाथि खस्नेछ।’

ट्रम्पलाई अदालतको चुनौती, भिषा हुने सबैले अमेरिका प्रवेश पाउने

मुस्लिम बाहुल्यता रहेको सात मुलुकबाट अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले उल्टाइदिएको छ। राष्ट्रपतिको आदेशविरुद्ध अमेरिकाको सियाटलका एक न्यायाधीसले वैधानिक भिषा हुने सबैले अमेरिका प्रवेश पाउने गरी अस्थायी आदेश दिएका छन्।

अमेरिका र अष्ट्रेलियाबीच चर्काचर्की

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलका बीच शरणार्थी समस्या समाधानका विषयमा भएकोे टेलिफोन वार्तामा चकाचर्की भएको छ। वासिङ्गटन पोष्ट' पत्रिकाका अनुसार अष्ट्रेलियाली प्रधानमन्त्री टर्नबुलले ओबामा प्रशासनले गरेको शरणार्थी सम्झौताबारे अमेरिकी राष्ट्रपति ट्रम्पबाट आश्वस्त हुन खोज्ने बित्तिकै ट्रम्पले टर्नबुलको आलोचना गरेका थिए।

अमेरिकामा नेपाली बालिका बलात्कार गर्नेलाई ३८७ वर्ष जेल

नेपाली बालिका अमेरिका लगेर झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्