बेलायती टोलीले गरे पतौरा र सिम्रौनगढको अध्ययन
रौतहटको मौलापुर नगरपालिकाको पतौरा र बाराको सिम्रौनगढमा रहेको ऐतिहासिक पुरातात्विक वस्तुहरुको बेलायती टोलीले अध्ययन गरेको छ। बेलायतको दुर्हम विश्वविद्यालयबाट आएको टोलीले मौलापुरमा र सिम्रौनगढमा दुई/दुई दिन ऐतिहासिक तथा पुरातात्विक सम्पदाको स्थलगत अध्ययन गरेको हो।