काठमाडौं- सरकारले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकमा युवा परराष्ट्र तथा सुरक्षा विज्ञ रुपक सापकोटालाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको निर्णयपछि बुधबार सापकोटालाई नियुक्तिपत्र दिइएको छ ।
सापकोटाले ‘चीन–भारत–नेपाल त्रिदेशीय सम्बन्ध’मा विद्यावारिधी हासिल गरेका छन्। उनलाई नेपाल–चीन मामिलाका विज्ञको रुपमा चिनिन्छन् । केहि समयअघि इन्द्रा अधिकारीले सो पदबाट राजीनामा दिएपछि अहिले सापकोटालाई नियुक्ति गरिएको हो।
प्रकाशित: २७ कार्तिक २०७६ १३:२५ बुधबार