११ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

विचाराधीन विधेयकमा छलफल गर्न कांग्रेस–एमालेद्वारा कार्यदल गठन

संघीय संसदमा विचाराधीन रहेका विधेयकलाई सहमति जुटाएर आउँदो अधिवेशनमा पारित गर्ने गरी आवश्यक छलफल गर्न नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएका छन् । 

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताको बैठकले विधेयकलाई टुङ्गो लगाउने गरी छलफल गर्न कार्यदल बनाएको हो । 

कार्यदलमा दुवै दलका संसदीय विभाका प्रमुख, संसदीय दलका प्रमुख सचेतक र सचेतकहरू स्वतः सदस्य रहनेछन् । यस्तै थप सदस्यहरूका कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई तोकिएको छ भने, एमालेबाट वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । 

एकातिर संसद्मा विधेयक अड्किएर बस्ने अर्कातिर संसद्ले बिजनेस नपाएर प्रभावहीन बनिरहने अवस्था हुन नदिन विधेयकमाथि पर्याप्त छलफल गरी निकास दिन यो कार्यदलबाट काम हुने कांग्रेस–एमालेको विश्वास छ । 

प्रकाशित: १० पुस २०८१ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App