पाँच महिनामा ११ सय ७६ जनाले ज्यान गुमाए
सवारी दुर्घटनामा परी सिरहामा पाँच महिना यता ३९ जनाले ज्यान गुमाएका छन्। ५० जनाभन्दा बढी अंगभंग भएका छन्। सिरहामा मात्र नभई देशैभर बढ्दो दुर्घटनाका कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषण बाहिर आइरहेका छन्। यसबारे ट्राफिक निर्देशनालयले समेत कारण केलाएको छ।