११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान हो’- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका हुन्।

अख्तियारको भन्दा सिआइबी अनुसन्धान फराकिलो

सरकारी ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धान फराकिलो देखिएको छ।

भ्रष्टाचार प्रोत्साहन गर्ने कानुन

संवैधानिक प्रावधान र मर्म विपरीत नीतिगत भ्रष्टाचारका नाममा हुने ठूला ठूला भ्रष्टाचार मामिलाबारे नियन्त्रक निकायले अनुसन्धान गर्न नपाइने गरी ऐनमा भएको व्यवस्थालाई परिमार्जन गर्न राष्ट्रिय सभाले उपयुक्त देखेको छैन। यस प्रकार संसद्बाट भ्रष्टाचारलाई स्पष्टरूपमा प्रोत्साहन दिने काम भइराखेको छ।

प्रोत्साहन भत्ता कटौती:अनुसन्धानमा लगानी बढाउँदै त्रिवि

त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका कार्यलयका कर्मचारीहरूलाई दिँदै आएका अतिरिक्त तथा सबै प्रकारका प्रोत्साहन भत्ता कटौती गरेको छ।

निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशिघ्र अघि बढाउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशिघ्र अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्।

संसद्मा जवाफ दिँदै प्रधानमन्त्रीले प्रस्तुत गरे रिपोर्ट कार्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा आफ्नो छ महिनाको रिपोर्ट कार्ड प्रस्तुत गरेका छन्।

भ्रष्टाचारविरुद्धको लडाई अझै रोकिने छैनः प्रधानमन्त्री दाहाल

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उनले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचार लगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताएका हुन्।

ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले नै स्पष्टिकरण लिनुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टिकरण लिनुपर्ने माग गरेका छन्।

रविविरुद्धको रिट पहिलाेपटक संवैधानिक इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको रिट रिट सर्वोच्चको संवैधानिक इजलासमा परेको छ। लामिछानेको सांसद पदको योग्यतासम्बन्धमा युवराज पौडेल सफलले रिट दायर गरेका थिए।

प्रतिनिधि सभामा आज: प्रधानमन्त्रीले जवाफ दिने, बजेट पारितको प्रस्ताव पेस हुने

प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको हो। आजको बैठकमा बजेट पारितका लागि विनियोजन विधेयक, २०८० पेस गर्ने कार्यसूची छ।

विधि मिचेर ४३ औं नम्बरका भट्टराईलाई नार्कमा कामुको जिम्मेवारी

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कानुन विपरीत ‘४३ नम्बर’ बरियताका कनिष्ठ वैज्ञानिक डा. धु्रवराज भट्टराईलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्।

राष्ट्रपति, प्रधानमन्त्री र संस्कृति मन्त्रीको संसदीय समिति बनाएर छानबिन गर्नुस्: योगेश भट्टराई

नेकपा एमालेका सांसद एवं सचिव योगेशकुमार भट्टराईले देश आवधिक निर्वाचनको दिशामा गइसकेको बताएका छन।

कानुनमन्त्री गुरुङको दावीः संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्त हुन्छन्

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्ती हुने गरेको दावी गरेका छन।

बलराका जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

विश्वविद्यालयकाे शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्