१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

प्रोत्साहन भत्ता कटौती:अनुसन्धानमा लगानी बढाउँदै त्रिवि

त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका कार्यलयका कर्मचारीहरूलाई दिँदै आएका अतिरिक्त तथा सबै प्रकारका प्रोत्साहन भत्ता कटौती गरेको छ। विश्वविद्यायभित्र तथा मातहतका कलेज तथा कार्यालयहरूमा छिटो छरितो र प्रभावकारी रूपमा काम सम्पन्न गराउने उद्देश्यले केही वर्षयता शिक्षक कर्मचारीहरूलाई तलबम थप ३० देखि ६० प्रतिशतसम्म प्रोत्साहन भत्ताको व्यवस्था गरेको थियो।  

विश्ववविद्यालयको उद्देश्यअनुसार कार्य हुन नसकेपछि विश्वविद्यालयले सबै प्रकारका अतिरिक्त र प्रोत्साहन भत्ता अगामी आथिर्क वर्षदेखि कटौती गरेको रजिष्ट्रार डा. पेशल दहालले बताए।  

उनले मंगलबार विश्वविद्यालयको ६४औं वार्षिक दिवसका अवसरमा आर्थिक वर्ष २०८० /२०८१ को वार्षिक बजेट पेस गर्दै भत्ता कटौती भएको जानकारी गराएका हुन्। उनले अतिरिक्त भत्ता र प्रोत्साहन खर्च कटौती गरी अनुसन्धानमा रकम वृद्धि गरिएको बताए।  

‘त्रिविले विगत केही वर्षदेखि विश्वविद्यालयभित्र प्रभावकारी र उत्कृष्ट काम गराउने उद्देश्यले एक वा दुई घण्टा बढी काम गर्ने शिक्षक र कर्मचारीलाई थप ३० देखि ६० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिँदै आएको थियो। तर त्यसको दुरूपयोग भएको थियो,’ बजेट प्रस्तुत गरेपछि रजिष्ट्रार दाहालले भने, ‘एक वा दुई घण्टाअगाडि हाजिर गर्ने तर काम नगरी हिँडेको देखियो।

यस्ता अतिरिक्त वा प्रोत्साहन भत्ताले त्रिविको कामकारबाहीमा खासै उपलब्धि नदेखेपछि अगामी आर्थिक वर्षदेखि सबै खाले भत्ता हटाएर प्राज्ञिक अनुसन्धानतर्फ बढायो। यो वर्ष अनुसन्धानका लागि ४१ करोड ६१ लाख ८९ हजार छुट्याइएको छ। यो कुल बजेटको १.५८ प्रतिशत हो। १० लाख भन्दा माथिको अनुसन्धानमा विद्यार्थीलाई समेत सहभागी गराइनेछ।’ उनका अनुसार यही आर्थिक वर्षदेखि अबदेखि त्रिविका कुनै पनि पदाधिकारीले कुनै किसीमका सवारीसाधानसमेत त्रिविको खर्चमा किन्न पाइने छैन।यति मात्र होइन अति आवश्यकबाहेकको कुनै पनि भौतिक सम्पत्तिसमेत त्रिविले किन्न पाउने छैन।  

त्रिविले विगत केही वर्षदेखि विश्वविद्यालयभित्र प्रभावकारी र उत्कृष्ट काम गराउने उद्देश्यले एक वा दुई घण्टा बढी काम गर्ने शिक्षक र कर्मचारीलाई थप ३० देखि ६० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिँदै आएको थियो। 

त्रिभुवन विश्वविद्यालयको ६४औं वार्षिक दिवसको अवसरमा आयोजित विश्वविद्यालय सभाको वार्षिक दिवस बैठकले ६१औं ग्रेस लिष्ट पारित गरेको छ। साथै आ.व २०८०.८१ को वार्षिक बजेटलगायतका विभिन्न नीतिगत निर्णयरु गरी सम्पन्न भएको छ।

आगामी आवका लागि विश्वविद्यालयले २६ अर्ब २४ करोड ९४ लाख ५५ हजार रूपैयाँको बजेट पारित गरेको छ। यसैगरी ग्रेस लिष्टमा २०७९ असार १ देखि २०८० जेठ मसान्त सम्ममा ट्रान्सक्रिप्ट लिइसकेका कुल ७७ हजार १ सय ३ विद्यार्थी संलग्न रहेका छन्।

६४ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले त्रिविको वर्तमान शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधिबारे आफू जानकार रहेको बताउँदै विश्वविद्यालयले भोगिरहेका समस्या र तिनका समाधानका उपायबारे सरोकारवालासँगको भेटमा औपचारिक छलफल भइरहेको बताए।  

उनले त्रिविमा आवद्ध शिक्षक÷कर्मचारीहरूका प्रतिनिधिहरू, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि तथा विश्वविद्यालयका सम्बन्धित सरोकारवाला एकजुट भई तत्काल जनचाहना अनुुरूप उन्नति र विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाई अघि बढ्नु अत्यावश्यक रहेको बताए।  

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राईले विश्वविद्यालयलाई समय सापेक्ष रूपमा सक्षम र समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर क्रियाशिल तुल्याउन पर्ने आवश्यकतामा जोड दिए।

उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले उच्च शिक्षामा विदेशिने परिस्थितिको अन्त्य गर्न क्रियाशिल रहेको प्रतिबद्धता जनाउँदै उनले परीक्षा प्रणालीलाई थप व्यवस्थित र सृदृढ गर्न लागिएको जनाए।  

‘प्रविधिमैत्री विश्वविद्यालय बनाउने अठोट अनुरूप परीक्षा प्रणालीलाई व्यवस्थित बनाउन एकीकृत सफ्टवेयर निर्माण गर्न लागिएको, इन्टरनेटलाई विश्वसनीयय र द्रुत गतिको बनाउन सबै आंगिक तथा सामुदायिक क्याम्पसमा अप्टिकल फाइवर जडान गरी सेवा सूचारु गर्न सम्झौता भइसकेको छ।’  

उपकुलपति बाँस्कोटाले विश्वविद्यालयका भौतिक रूपमा जीर्ण संरचनाहरूलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको र त्यसलाई पुनर्निर्माण गर्न पुननिर्माण प्राधिकरणले २०२१ सेप्टेम्बरसम्ममा सबै पुनर्निर्माणका कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भए पनि हालसम्म पुननिर्माण हुन नसकेको जनाए।

प्रकाशित: १३ असार २०८० ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App