२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कानुनमन्त्री गुरुङको दावीः संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्त हुन्छन्

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्ती हुने गरेको दावी गरेका छन।

न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भई रहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन। मन्त्री गुरुङले संविधानले नै प्रद्धत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरू नियुक्ती हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने जिकिर समेत गरे।

आज प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले न्यायालय राजनीतिक भर्ती केन्द्र भएजस्तो आफूलाई नलागेको बताए। मन्त्री गुरुङले संविधान कुल्चेर, संविधानभन्दा बाहिर गएर न्यायाधीशहरू नियुक्त नभएको जानकारी दिए।

उनले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो पहुँचकै आधारमा सर्वोच्च अदालतमा मुद्दाहरू फर्स्यौट हुने गरेको भनाईमा पनि सत्यता नरहेको बताए। सर्वोच्च अदालतको आफ्नै प्रक्रिया भित्रबाट मुद्दाहरूको छिनोफानो हुने गरेको मन्त्री गुरुङको भनाई थियो।मन्त्री गुरुङले न्यायालयले न्याय सम्पादनको काम स्वतन्त्र ढंगले गर्ने गरेको पनि बताए। 

प्रकाशित: १२ असार २०८० ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App