१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बलराका जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्लाहीको बलरा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक (अधिकृत छैठौं) हाल जनस्वास्थ्य निरीक्षक (अधिकृत सातौं) तहका कौशलेन्द्र मिश्रविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले मिश्रविरुद्ध एक करोड तीस लाख पैँतालीस हजार सात सय साठी रूपैयाँ बराबरको बिगो जरिवाना, कैद सजायकोसमेत माग गरेको छ।

८ असार २०५७ मा सेवा प्रवेश गरेका उनले २६ कात्तिक २०७८ सम्म पारिश्रमिक बचत, अन्य भत्ता, छोरीको पारिश्रमिक, कृषि आय लगायतबाट १ करोड १३ लाख ४५ हजार ८०५ रुपयाँ ४३ पैसा आय गरेको अख्तियारको ठहर छ।

प्रकाशित: १२ असार २०८० ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App