१० मंसिर २०८१ सोमबार
image/svg+xml

चोटले कप्तान राहुल टोलीबाट बाहिर

भारतीय ओपनर केएल राहुल चोटका कारण दक्षिण अफ्रिकासँगको ट्वान्टी–२० क्रिकेट शृंखलाका लागि टोलीबाट बाहिरिएका छन्।

खराब ब्याटिङको निरन्तरता

थाइल्यान्डसँग मंगलबार पराजय बेहोरेसँगै आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य समाप्त भएको छ।

नेपालको लज्जास्पद हार

बिर्सनलायक ब्याटिङ प्रदर्शनका कारण नेपालले मलेलियामा जारी आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा लज्जापूर्ण हार बेहोरेको छ।

आईसिसी यु­–१९ महिला ट्वान्टीः नेपालको विजयी सुरुवात

आईसिसी यु­–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलमा कतारमाथि ७९ रनको जित निकाल्दै विजयी सुरुवात गरेको छ।

नेपालले जिम्बावे 'ए' लाई हरायो

तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले जिम्बावे 'ए' लाई हराएको छ। नेपालले जिम्बावे 'ए' माथि ८ विकेटको जित निकालेको हो।

वर्षाले खेल प्रभावित

नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्द भएको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्द भएको जनाएका थिए।

टी–२० मा नेपालको रोमाञ्चक जित

करणले नै दोस्रो ओभरमा ओपनर टोनी उरालाई ५ रनमा पवेलियन फर्काउँदै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। छिट्टै विकेट गुमाए पनि पिएनजीका ब्याट्सम्यानले ठूलो सट खेल्दै नेपाली बलरलाई दबाबमा राख्ने प्रयास गरे। तर, सोमपाल कामी, अविनाश बोहोरा र कप्तान सन्दीपले शीर्ष क्रमका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएनन् र पिएनजी १४औं ओभरमा १०७/७ को नाजुक अवस्था पुग्यो। सन्दीपले कप्तान असाद भालालाई ७ रन र सेसे बाउलाई ३० रनमा पवेलियन फर्काए।

विद्यापीठलाई क्रिकेट उपाधि

सातौं नेपाल–पाकिस्तान ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विद्यापीठ क्रिकेट क्लबले जितेको छ। फाइनलमा नेक्सस आरएस विद्यापीठ क्रिकेट क्लबले नेक्सस क्रिकेट क्लबलाई हरायो।

माछापुच्छ्रे र सांग्रिला क्रिकेट क्लबको जित

माछापुच्छ्रे क्रिकेट क्लबले शनिबारीय क्रिकेट लिग अन्तर्गत पहिलो जित दर्ता गर्ने क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ।

टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीप

पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईनकिङ टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीपको शीर्षस्थानमा यथावत छ। समान दोस्रो जित निकालेको राईजिङ क्रिकेट क्लब पनि ४ अंकसहित नेट रनरेटमा दोस्रो स्थानमा रहेको छ।

शनिबारीय टी–२० क्रिकेट लिग: राईजिङद्वारा माछापुच्छ्रे दुई विकेटले पराजित

कास्की जिल्ला क्रिकेट संघले आयोजना गरेको शनिबारीय टी–२० क्रिकेट लिग अन्तर्गत शनिबार राईजिङ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ।

एपिएफको सुखद सुरुआत

पश्चिम प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफले मंगलबादेखि सुरु ललिपुर मेयर महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

हाज्लेउडको पुनरागमन सुखद

अस्ट्रेलियाले श्रीलंकासामु जितका लागि १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले खेल प्रभावित बनेपछि श्रीलंकाले १९ ओभरमा १ सय ४३ रनको नयाँ विजयलक्ष्य पाएको थियो। श्रीलंकाले १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन मात्र जोड्न सक्यो।

चार देशीय टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमान भिड्ने

ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि सुरु हुनेछ। नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ। नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो। ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्