१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

वर्षाले खेल प्रभावित

नेपाल र जिम्बाब्वे ए बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षा भएपछि रद्द भएको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्द भएको जनाएका थिए।

नेपालले अब तेस्रो खेल बुधबार खेल्नेछ। यसअघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो। वर्षाअघि टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा भारी वर्षा भएको थियो।

जसका कारण खेल रोकिन पुगेको थियो। पहिलो ब्याटिङ गरेको जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित थिए। उलाई रोय कैयाले १ रनबाट साथ दिएका थिए। तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमा ओपनर इनोसेन्ट कैयालाई कुशल भुर्तेलबाट शून्यमा क्याच गराएका थिए।

यस्तै टाडिवान्से मरुमानी ११ बलमा २१ रन बनाएर पेभेलियन फर्किएका थिए भने यस्तै कुड्जाई मौन्ज २२ तथा रोए काया १ रन जोडेर क्रिजमा थिए। नेपालका लागि सोमपाल कामी र करण केसीले १÷१ विकेट लिएका थिए। अब तेस्रो खेल नेपालले जिम्बाब्वे ए टोलीसँग बुधबार खेल्नेछ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ए सँग शृंखला खेलिरहेको छ। सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खल्नेछ । ट्वान्टी–२० पछि नेपालले एकदिवसीय सिरिज त्रिवि मैदानमा नै खेल्नेछ।

प्रकाशित: १९ वैशाख २०७९ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App