१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

माछापुच्छ्रे र सांग्रिला क्रिकेट क्लबको जित

शनिबारीय टी–२० क्रिकेट लिग

माछापुच्छ्रे  क्रिकेट क्लबले शनिबारीय क्रिकेट लिग अन्तर्गत पहिलो जित दर्ता गर्ने क्रममा कास्की क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको छ।  

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदान शनिबार भएको वाईनकिङ टी–२० कास्की जिल्ला क्लबस्तरीय च्याम्पियनसिपमा दोस्रो खेल खेल्ने क्रममा माछापुच्छ«ेले पहिलो जित दर्ता गरेको हो।  

टस जितेर व्याटिङ गरेको माछापुच्छ«े क्रिकेट क्लबले मनोज कोइरालाको ४७ रनको पारीमा सात विकेटको क्षतिमा १२७ रनको योगफल तयार पार्यो। उनले ३४ बल खेल्दै १० चौकासहित अर्धशतक नजिक पुगेपनि पुरा गर्न भने सकेनन् । प्रविन ढकालले भने २६ बलमा २० रन जोडे। बलिङ तर्फ भने नितेश गिरीले चार ओभरमा १६ रन खर्चिएर २ विकेट लिदाँ विष्णुप्रसाद शर्माले ३ ओभरमा ३१ रन खर्चिएर २ विकेट लिए।

१२८ रनको लक्ष्य पछ्याएको कास्की क्रिकेट क्लब भने ९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा अलआउट हुन पुग्यो। विश्वास पराजुलीले २५ बलमा २२ रन बनाई आउट भए। त्यस्तै सोहेल कुँवर भने ३६ बलमा २५ रन बनाई पभेलियन फर्किए। बलिङ तर्फ विनोद नेपालीले ११ औं ओभरमा ह्याट्रिक लिए। उनले ४ ओभरमा १२ रन दिएर ३ विकेट लिदाँ सुवास बास्तोलाले २.२ ओभरमा १ मेडन राख्दै ९ रन दिएर २ विकेट लिए।  

दोस्रो खेलमा सांग्रिला क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई १२ रनले पराजित गरेको छ। सांग्रिलाको यो पहिलो जित हो। टस जितेर व्याटिङ सांग्रिला क्रिकेट क्लबका सुदिप पौडेलको ३८ रनको योगदानमा १०१ रन चुनौति प्रस्तुत गरेको थियो  पौडेलले ३८ रन बनाउन ३० बल खर्चिए। ५ चौका हिर्काए। त्यस्तै राजु खनालले १७ बल खेल्दै १२ रन बनाए। कप्तान विपिन खत्री भने सस्तैमा आउट भए । अरण्यज्योतिका प्रदीप पौडेलले ३ ओभरमा १२ रन दिएर ३ विकेट लिए । अभिषेक भुजेल, विधान श्रेष्ठ र दिवस गिरीको नाममा एक÷एक विकेट लेखियो।  

अरण्यज्योतिले १०२ रनको लक्ष्य पछ्याउने क्रममा ८९ रनमा अलआउट हुन पुग्यो । प्रविन पौडेलले ५० बल खेल्दै ४४ रनको योगदान दिएपनि जितसम्म डोहोर्याउन सकेनन् । एमडी खालिदले ३५ बलमा १७ रन मात्रै जोडे । अन्य व्याटरको योगदान खासै देखिएन् । प्लेयर अफ दि म्याच राजु तामाङले ४ ओभरमा १५ रन दिए ३ विकेट लिए । त्यस्तै सन्जय शर्माले ४ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिदाँ कप्तान विपिन खत्रीले ४ ओभरमा १ मेडन राख्दै ३ रन दिएर २ विकेट आफनो नाममा लेखाए । 

प्रकाशित: २१ फाल्गुन २०७८ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App