पोखरा–बिराटनगर हवाई उडानको तयारी
पोखरालाई पूर्वी सहरसँग हवाई सञ्जालले जोड्ने गरी पोखरा–बिराटनगर रुटमा सिधा हवाई उडानको तयारी भएको छ।
पोखरालाई पूर्वी सहरसँग हवाई सञ्जालले जोड्ने गरी पोखरा–बिराटनगर रुटमा सिधा हवाई उडानको तयारी भएको छ।
ट्यांकर चालकले हवाई इन्धन ढुवानी रोकेपछि हवाई उडान प्रभावित हुन सक्ने बताइरहँदा नेपाल आयल निगमले भने १० दिनलाई पुग्ने इन्धन रहेको जनाएको छ।
अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी कम्तीमा १६ लडाकु मारिएका छन्। तालिवान लडाकुको आश्रयस्थलका रूपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरू मारिएका हुन्।
अहिलेसम्म यी जिल्ला (मुगु, हुम्ला र डोल्पा)का ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिले सहुलियत पाउन नसकेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले बताए ।
हिमाली जिल्ला मुगु, डोल्पा र हुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘हवाई सेवा’ कार्यक्रम प्रभावकारी हुन सकेको छैन। प्रदेश सरकारले कार्यक्रम कार्यान्वयनमा चासो नदिँदा उक्त कार्यक्रम प्रभावहीन भएको हो।
लिबियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३० जना मारिएका छन्। शनिबार अबेर राजधानी त्रिपोलीस्थित सैनिक विद्यालयमा भएको आक्रमणमा परी ती विद्यार्थी मारिएको बताइएको छ।
लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन्।
इरानका कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएका छन्। बगदाद अन्तराष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा उनी मारिएका हुन्। उक्त हमलामा कताइब हिजबुल्लाहका कमान्डर अबू महदी अल-मुहांदिस पनि मारिएको अमेरिकाले बताएको छ।
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अष्ट्रेलियाबीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।
खोटाङमा अधिक रक्तश्राव र रक्तचापका कारण सिकिस्त बनेकी सुत्केरी महिलालाई हवाई उद्धार गरिएको छ।
शितलहर चलेर बाक्लो हुस्सुलागेका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको छ। बाक्लो हुस्सुका कारण आइतबार विराटनगर विमानस्थलको हवाई सेवा ठप्प भएको हो।
नेपाल एयरलाइन्सले नारिता अन्तर्राष्ट्रिय बिमानस्थलबाट मार्च २ तारिखबाट साताको तीन दिन उडान भर्ने भएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सन् २०२० को मार्च २ तारिखबाट साताको तीन दिन नारिता बिमानस्थलबाट उडान गर्ने सुनिश्चित भएको हो।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन्।
नागरिक उड्यन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्न १० दिन हवाई सेवा रोक्ने भएको छ। यही मङ्सिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर काम गर्न लागिएको हो।
बाराको सिम्रौनगढमा प्रहरी र स्थानीयबीच झडप भएको छ। भरततर्फ तस्करी भइरहेको सामान नियन्त्रणमा लिन गएको शसस्त्र प्रहरी र स्थानीयबीच सिम्रौनगढ नगरपालिकाको ७ सतुआही नाकामा शसस्त्र प्रहरी र स्थानीयबीच झडप भएको हो।