११ पुस २०८१ बिहीबार
image/svg+xml

नेपालको हवाई क्षेत्रमा सम्बन्ध विस्तार गर्ने इन्डोनेशियाको चाहना

इन्डोनेशिया सरकार नेपालको हवाई उडानको क्षेत्रमा सम्बन्ध विस्तार गर्न ईच्छुक देखिएको छ।

हवाई कारबाहीमा बाह्र तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन्।

हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६ तालिबान लडाकू मारिएका छन्।

काठमाडौँ र बेइजिङबीच सिधा हवाई उडान

काठमाडौँ र बेइजिङबीच सिधा हवाई सम्पर्क स्थापना भएको छ । नेपालको उड्डयन इतिहासमा पहिलो पटक उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेजिङमा सिधा हवाई उडान सुरु गरिएको हो ।

हवाई कारबाहीमा चौध लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ।

हवाई कारबाहीमा नौ लडाकू मारिए

अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन्।

अमेरिकी हवाई आक्रमणमा तीस सर्वसाधारणको मृत्यु

अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ। जस मध्ये ३० मारिएका हुन।

अन्तरप्रदेश हवाई सेवासुरु हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश हवाई सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्। त्यस किसिमको सेवा सुरु गर्न पूर्वसचिव सूर्यमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी अध्ययन थालिसकेको मन्त्री भट्टराईले जानकारी दिए।

नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन्। योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औं मुलुक अष्ट्रेलिया भएको छ।

नेपाल र युएईबीच हवाई सेवा सम्झौता

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो।

दसैंका लागि ८० प्रतिशत हवाई टिकट बुकिङ

दसैंमा लामो दुरीको बसको टिकट बुकिङ गर्न नपाएपछि यात्रुमा निराशा छाएको छ। काठमाडौंमा अध्ययनरत डोटीका दिल जोरा दसैंमा घर फर्कन बसको टिकट नपाएपछि बिहीबार गंगबुस्थित बसपार्कबाट खालिहात फर्किए। ‘हिजोसम्म परीक्षाका कारण टिकट लिन आउन भ्याइएन,’ जोराले नागरिकसँग भने ‘अत्तरियासम्मको टिकट पनि पाइएन।’

आइकाओलाई सम्बोधन गर्दै पर्यटनमन्त्रीले भने,‘नेपालमा हवाई दुर्घटना दर घट्यो’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालको विशिष्टीकृत भौगोलिक वनावट तथा छिटोछिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद उड्डयन क्षेत्रमा हवाई दुर्घटनाको दर घटेको बताएका छन्।

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए

अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ।

स्वदेशी र विदेशीलाई समान हुने

सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसंध्यामा बढीभन्दा बढी विदेशी पर्यटक भिœयाउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालेपछि निजी हवाईसेवा कम्पनी सञ्चालक त्रसित बनेका छन् । भाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिँदा निजी हवाईसेवा कम्पनी धरासयी हुने सञ्चालकहरूको चिन्ता छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्