जोखिमपूर्ण वीरेन्द्रनगरकाे ‘हटलाइन सडक’
समयमै सडक निर्माण नहुँदा ‘हटलाइन सडक’मा यात्रा जोखिमपूर्ण छ। जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा हिलोले यात्रा गर्न समस्या हुन्छ। सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा नाली भत्किएका छन्।
समयमै सडक निर्माण नहुँदा ‘हटलाइन सडक’मा यात्रा जोखिमपूर्ण छ। जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा हिलोले यात्रा गर्न समस्या हुन्छ। सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा नाली भत्किएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जुम्लामा विद्युतको वैकल्पिक व्यवस्थाका लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराएका छन्।
यहाँका पाँचवटा मतदान केन्द्रमा मतदान हुने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी जगदिश शाहीले जानकारी दिए।
कर्णाली राजमार्गको सबैभन्दा ठूलो खण्ड दैलेखमा पर्छ। बर्खा लागेसँगै ठाउँठाउँमा बाढी र पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुन्छ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख (डिआईजी) पूर्णचन्द्र जोशीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधि निस्तेज पार्न मातहत निकायलाई निर्देशन दिएका छन्।
जुम्ला चन्दननाथ नगरपालिकाकी पूजा भण्डारीले सुर्खेतको यात्रा गर्ने सोच बनाइन्। उनको मनमा यात्रा निकै कष्टपूर्ण हुने त्रासले बास गरिसकेको थियो। तर, यात्रा नगरी सुख पनि थिएन। उनी लोकसेवा आयोगको परीक्षाका लागि सुर्खेत झर्दै थिइन्।
३९० घण्टाको तालिम सञ्चालन गरेबापत् विद्यालयले तीन लाख ३९ हजार दुई सय रुपैयाँ भुक्तानी पायो। विद्यालयले भुक्तानीका लागि पेस गरेको विवरण र सिटिइभिटीको अनलाइन विवरणमा उल्लेख भएका विद्यार्थी विवरण कुनै पनि विवरण मिल्दैन।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त भएको विकास बजेट समयमै खर्च हुन नसकेर फ्रिज भएको छ। विकासको लागि आएको ३५ करोड २२ लाख ६१ हजार रुपैयाँ समयमै काम नगरेर फ्रिज भएको हो।
अविरल वर्षासँगै आएको पहिरोका कारण बन्द कर्णाली राजमार्ग चार दिन पछि खुलेको छ। कर्णाली राजमार्गको कालिकोट खण्डस्थित कालेखोलामा ४० मिटर सडकमा पहिरो गएको थियो। जसमध्ये १० मिटर सडकको कुनै निसाना थिए।
‘प्राविधिक अध्ययनबिनै डोजरले खनेका सडक बर्खा सुरु हुनेबित्तिकै अवरुद्ध भइहाल्छन्। भूगोलको अवस्था र प्राविधिक अध्ययनबिनाका सडकका कारण जनताले सुविधाभन्दा सास्ती धेरै पाएका छन्।’
आइतबार बिहानदेखि कर्णाली राजमार्गको कालिकोट खण्डको कालेखोलामा बर्षकै ठूलो पहिरो गएको छ। पहिरोका कारण यातायात सेवा ठप्प छ। जुम्लादेखि नेपालगञ्ज, सुर्खेत र सुर्खेत, नेपालगंज देखि कालिकोट जुम्ला आउने सवारी साधन र यात्रु अलपत्र छन्। पहिरो पन्छाउन निकै कठिन भएकोले सडक खुल्ने बिषयमा भन्न सकिने अवस्था छैन्। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पहिरोले सडकको निशाना मेटेर लगेकोले तत्काल खुल्ने सम्भावना नरहेको बताए।
कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। कालीकोट खण्डको कालेखोलानजिकै बिहान पहिरो गएको हो।
यो छोटो जिन्दगीको, लामो धागो र केही थान प्रहरका कुरुस बोकेर काँपिरहेको मेरो कर्णालीलाई स्विटर बुन्न भनी म कुनै बेला सहर पसेको हुँ !
विद्यमान प्राविधिक जनशक्ति अभाव पूर्ति गर्नका लागि प्रदेश सरकारले ‘कर्णाली इन्जिनियरिङ कम्पनी लिमिटेड’ स्थापना गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले ६० प्रतिशत प्रदेश सरकारको स्वामित्व रहने गरेर कम्पनी स्थापना गर्ने निर्णय गरेको हो।
वन तथा वातारण मन्त्री शक्ति बहादुर बस्नेतले कर्णालीको प्राकृतिक स्रोतलाई समृद्धिसँग जोड्नसके मात्र मुलुकको समृद्धिको लक्ष्यले सार्थकता पाउने जनाएका छन्।