६ आश्विन २०८१ आइतबार
image/svg+xml

उम्मेदवारहरुको यस्तो देखियो घरदैलो

कास्की -२ मा संघीय संसद सदस्यका लागि हुन लागेको उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरुले प्रचार अभियानलाई तिब्र पारेका छन्। उम्मेदवारहरु घर दैलो अभियानमा जुटेका छन्। यतिसम्मकी संसद उम्मेदवार मंसिरको चटारोमा धान काटिरहेका किसानको खेतमै पुगेर आफुलाई भोट दिन आग्रह गरिरहेका छन्।

‘उपनिर्वाचनमा सरकारविरूद्ध जनमत’

काण्ड नै काण्ड मच्चाउने वर्तमान सरकार अधिनायकवादतर्फ ढल्किँदै गएकाले हुन लागेको आसन्न उपनिर्वाचनमा सरकारविरूद्ध जनमत तयार गर्न आवश्यक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

‘कम्युनिष्ट पार्टीले जनमतको दुरुपयोग गरेः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार अधिनायवादतर्फ उन्मुख हुँदै गएको आरोप लगाउँदै आसन्न उपनिर्वाचनमा सरकारविरुद्ध जनमत तयार गर्न आवश्यक रहेको बताएका छन्।

‘उपनिर्वाचन हुने क्षेत्रमा नयाँ योजना र बजेट नबाँड्नु’

निर्वाचन आयोगले उपनिर्वाचन हुने निर्वाचन क्षेत्र र स्थानीय तहमा नयाँ नीति कार्यक्रमको घोषणा नगर्न र बजेट वितरण नगर्न निर्देशन दिएको छ। आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता जारी भैसकेका भन्दै आयोगले निर्वाचनलाई प्रभावित पार्नेगरि नयाँ योजना छनौट र बजेट वितरण नगर्न निर्देशन दिएको हो।

सरकारको लोकप्रियता देखाउन उपनिर्वाचन अग्नी परीक्षा : अध्यक्ष दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

इन्द्रावती–१० मा सबैको चासो

इन्द्रावती नेकपा अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृहगाउँ भएकाले वडाध्यक्षको निर्वाचनमा सबैको चासो बढेको हो। कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ भने नेकपा यसअघिको हारको बदला लिने दाउमा छ।

इन्द्रावती-८ मा सबैको चासो

इन्द्रावती नेकपा अध्यक्ष झम्क नेपाल र कांग्रेस सभापति विकास लामाको गृहगाउँ भएकाले वडाध्यक्षको निर्वाचनमा सबैको चासो बढेको हो। कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ भने नेकपा यसअघिको हारको बदला लिने दाउमा छ।

देशभर उत्साहपूर्ण उम्मेदवारी दर्ता

स्थानीय तहमा रिक्त पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत बुधबार उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। मंसिर १४ मा ५२ पदका लागि निर्वाचन हुँदैछ। तीमध्ये ४८ पदका लागि बुधबार मनोनयन दर्ता भएको हो।

धनपालथानमा ७ जनाको मनोनयन दर्ता

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मोरङको धनपालथान गाउँपालिका–२ को वडाध्यक्षका लागि ७ जनाले मनोनयन दर्ता गरेका छन्।

वडाध्यक्षमा सात जनाको उम्मेदवारी

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि हरिपूर्वा नगरपालिका–१ मा वडाध्यक्षका लागि सात जनाको मनोनयन दर्ता छ।

स्वतन्त्रसहित तीन उम्मेदवारी

रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ ठूलोगाउँमा हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि एक स्वतन्त्र सहित ३ जना उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन्। यहि मंसिर १४ मा हुने चुनावका लागि नेपाल कम्युनिष्ट पार्टीबाट जनक बहादुर बुढा, नेपाली कांग्रेसबाट कलम बहादुर रोका र स्वतन्त्रबाट भद्र कुमार झाँक्रीले उमेद्वारी दिएका हुन्।

वडाध्यक्षका लागि तीन जनाकाे मनाेनयन दर्ता

मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका-४ बलेटक्सारमा तीन जनाले मनाेनयन दर्ता गरेका छन्। बुधबार सत्तारूढ दल नेकपा, नेपाली काङ्ग्रेस रएक जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका हुन्।

तामझामकासाथ उम्मेदवारले गरे मनोनयन दर्ता

खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको रिक्त वडाध्यक्ष पदका लागि चार उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। रिक्त वडाध्यक्ष चयनका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकातर्फबाट शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्काले मनोनयनपत्र दर्ता गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्