६ आश्विन २०८१ आइतबार
image/svg+xml

दाङकाे चुनावी रणनीतिमा ‘स्थायी राजधानी’

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४ का बेला सबै दलको एक मात्रै बलियो अजेन्डा स्थापित भयो ‘प्रदेश ५ को राजधानी दाङ।’ हरेक दृष्टिकोणले दाङ राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानीका लागि आफूलाई बढी शक्तिशाली देखाउने होड त्यो बेला दलहरूबीच चल्यो।

पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट अनिर्णित

उपनिर्वाचन आचारसंहिताका कारण खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट विनियोजनको काम प्रभावित भएको छ। योजना तथा बजेटको टुंगो लगाउन आइतबार जिल्ला समन्वय समितिको सभाहलमा बोलाइएको परामर्श समितिको बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको भन्दै आवाज उठेपछि विषयवस्तुमा प्रवेश नै नगरी बैठक टुंगिएको छ। लामो समयसम्म ‘बैठक बस्ने र नबस्ने’ भन्ने विषयमा छलफल भएपछि अन्तिममा अर्को पटकका लागि बैठक सारिएको सहभागीले बताएका छन्।

वडाध्यक्षका दावेदारहरुनै कांग्रेसमा प्रवेश

मंसिर १४ मा हुने स्थानीय निकायको उपनिर्वाचनका लागि पार्टीले वडाध्यक्षको टिकट नदिएको भन्दै सत्तारुढ नेकपाबाट वडाध्यक्षका दुइ जना दाबेदार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उपनिर्वाचन २०७६ : तयारी तीव्र

आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ। बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ।

भक्तपुर १ (क)मा त्रिपक्षीय प्रतिस्पर्धा

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत भक्तपुर १ (क) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमानेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो।

लेखकको संयोजकत्वमा कांग्रेसको निर्वाचन अनुगमन समिति

नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचन अनुगमनका लागि पार्टी केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छ सदसीय समिति गठन गरेको छ। पार्टी विधानको व्यवस्थाअनुसार स्वच्छ र निष्पक्ष निर्वाचन भए नभएको अनुगमनका लागि समिति गठन गरेको हो।

उपनिर्वाचन र जनताको मूल्यांकन

जनताले कसरी मूल्यांकन गरेर मंसिर १४ गते मतदान गर्छन्, त्यो हेर्न बाँकी छ। यो उपनिर्वाचनलाई लोकतन्त्रवादी र साम्यवादीबीचको ‘मिनी’ जनमत संग्रहका रूपमा लिइनुपर्छ।

बागलुङमा विज्ञप्तिमार्फत नेकपाका घर्तीकाे बागी फिर्ता

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीयस्तरमा भएको सहमतिलाई चुनौती दिँदै बागलुङ क्षेत्र नम्बर २ (ख) को उपनिर्वाचनमा उम्मेदवारी दिएपछि शेरमान घर्ती चर्चित बने। यो चारदिन सबैको ध्यान शेरमानमै केन्द्रित भयो।

प्रतिनिधि र प्रदेशसभामा ६४ उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा ६४ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिने भएका छन्। उपनिर्वाचन हुने जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार उम्मेदवारको अन्तिम नाम प्रकाशन गरेको हो।

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ।

सत्तापक्ष रचनात्मक, विपक्षी आक्रामक

सत्तारुढ नेकपाले उम्मेदवार चयन गरेसंगै दाङ क्षेत्र नम्बर ३ (ख)मा चुनावी गतिविधी सुरुवात गरिसकेको छ। उम्मेदवार, दल र दलका नेताहरुले मतदाताहरुसंगको भेटघाटलाई बाक्लो बनाइरहेका छन्।

भट्टराई र पौडेलबीच मुख्य प्रतिस्पर्धा

मुलुकभरबाट प्रतिनिधिसभा सदस्यका लागि आगामि मंसिर १४ मा कास्की–२ मा मात्र उपनिर्वाचन हुँदैछ। बिहीबार उम्मेदवारी दर्ता गरेसँगै यहाँ दलको चुनावी मैदान ह्वात्तै तातेको छ। चुनावी मैदानमा एकअर्कालाई हराउने दाउमा दलहरू लागेका छन्।

बैतडीमा कांग्रेसले लगायो उम्मेदवारको टुंगो

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कांग्रेस बैतडीले उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका तीन वडामा हुने उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको हो। सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा उम्मेदवारको टुंगो लगाएको कांग्रेस बैतडीले जनाएको छ।

उपनिर्वाचन २०७६ : उम्मेदवारका आ–आफ्नै दाबी

कहीँकतै पार्टीका झण्डा टाँगिएका छन्। तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन्। यद्यपि उपनिर्वाचन हुने कोहलपुर नगरपालिका–६ मा भित्रभित्रै चुनावी चहलपहल तीव्र बनेको छ।

दाङमा १४ जनाको उम्मेदवारी  दर्ता

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत दाङ क्षेत्र नं ३  (ख) मा  प्रदेशसभा सदस्यका लागि आज १४ जनाको उम्मेदवारी दर्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्