६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

लेखकको संयोजकत्वमा कांग्रेसको निर्वाचन अनुगमन समिति

रमेश लेखक

काठमाडौं – नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचन अनुगमनका लागि पार्टी केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छ सदसीय समिति गठन गरेको छ। पार्टी विधानको व्यवस्थाअनुसार स्वच्छ र निष्पक्ष निर्वाचन भए नभएको अनुगमनका लागि समिति गठन गरेको हो।

लेखक नेतृत्व समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सिताराम केसी, अधिवक्ता तेज रावल सदस्य छन् भने केशव रिजाललाई सदस्य सचिव तोकिएको छ।

कांग्रेसले समितिलाई निर्वाचन आयोगबाट जारी आचारसंहिताको पालना र कार्यान्वयनको अनुगमन गर्ने, उपनिर्वाचन सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने, निर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने अधिकार दिएको छ।

त्यस्तै, पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई कांग्रेसको पक्षमा प्रचार प्रसार गर्न, बढी भन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रूपले मतदान कार्य सम्पन्न गर्न र मतगणनालगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गराउने तथा पार्टी विधान विपरित कोही क्रियाशील भए र आचारसंहिता पालना नभए कारबाहीका लागि सिफारीस गर्ने सहितका अधिकार प्रदान गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पूर्वी नेपालका विभिन्न स्थानमा हुने उपनिर्वाचनका विभिन्न कार्यक्रममा सहभागी हुन नेता रामचन्द्र पौडेल मंगलबार त्यसतर्फ जाने भएका छन्। उनी झापादेखि ताप्लेजुङसम्मको चुनावी यात्रामा सहभागी हुने कार्यक्रम छ।

यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको लोकतान्त्रिक प्रणाली स्थापनाका लागि महŒवपूर्ण योगदान पु¥याएको स्मरण गरेका छन्। सिंह १०५ औं जन्म जयन्तीका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै देउवाले राष्ट्रिय राजनीतिमा लौह पुरुषका रूपमा परिचित उनलाई निष्ठाका धनीका रूपमा स्मरण गरेका हुन्।

‘अन्तराष्ट्र्रिय राजनीतिक क्षेत्रमा समेत प्रभावशाली नेताका रुपमा परिचित, त्याग र निष्ठाका धनी, नेपाली कांग्रेस पार्टीका अमूल्य निधि एवं धरोहर गणेशमान सिंहको लामो कठिन र संघर्षशील राजनीतिक जीवनका विविध पक्ष तथा उहाँले मुलुकका लागि पु¥याउनु भएको योगदानलाई आज उहाँको जन्मदिनको अवसरमा स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ देउवाले भनेका छन्। सिंहको आइतबार परेको १०५ औं जन्मजयन्तीका अवसरमा कांग्रेसले काठमाडौंसहित जिल्लामा विभिन्न कार्यक्रम गरेर उनलाई स्मरण गरेको छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App