६ आश्विन २०८१ आइतबार
image/svg+xml

मतदानका लागि तयारी पूरा

उपनिर्वाचनअन्तर्गत जिल्लाको तीन स्थानमा शनिबार हुने मदतानका लागि सम्पूर्ण तयारी पूरा भएको छ। मतदान शान्त वातावरणमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

तीन घेरामा सुरक्षा

धरान उपमहानगरपालिकाको मेयर र वडा नम्बर ७ को अध्यक्ष छान्न शनिबार मतदान हुँदै छ। मतदानका लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कास्की–२ मा ७१ हजार मतदाता

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले मतदानका लागि कर्मचारी परिचालनदेखि सुरक्षासम्मको तयारी पूरा भएको बताए।

आज मतदान

आयोगले अन्तिम मतदाता नामवलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र नभएका मतदातालाई फोटोसहितको सरकारले जारी गरेको परिचय खुल्ने कागजका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ।

यस्तो छ उपनिर्वाचन पूर्वसन्ध्याको तयारी (फोटो फिचर)

कास्की–२ मा हुने उपनिर्वाचनको लागि सबै तयारी पुरा भएको छ। मतदान हुने सबै मतदान स्थलमा निर्वाचन सामग्री पुगिसकेको निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए। यसपटक ५६ प्रकारका मात्रै निर्वाचन सामग्री रहेको उनले बताए।

उपनिर्वाचनमा निर्धक्क भएर भाग लिनुस् : निर्वाचन आयोग

निर्वाचन आयोगले मंसिर १४ गते शनिबार हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन आग्रह गरेको छ। आयोगले शुक्रबार भिडियो अपिल गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पुरा भएको जनाएको छ।

फोटोसहित परिचयपत्र देखाएर मतदान गर्न सकिने

प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

मतदान केन्द्रमा तीन घेराको सुरक्षा

मंसिर १४ मा मेयर र एक वडाअध्यक्ष पदको उपनिर्वाचन हुन लागेको धरान उपमहानगरपालिकाको मतदान स्थलहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ।

उपनिर्वाचन २०७६ : मदिरा सेवन र बिक्री वितरणमा रोक

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी स्थानीय प्रशासनले सिरहाको कल्याणपुर नगरपालिका–१२ मा आजदेखि मदिराजन्य पदार्थको सेवन तथा खरीद बिक्रीमा रोक लगाएको छ।

उपनिर्वाचनका लागि कास्कीमा तीन दिन विद्यालय बिदा

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ।

उपनिर्वाचनको पूर्वसन्ध्यामा साँढे नौसय लिटर घरेलु मदिरा बरामद

उपनिर्वाचन हुने सर्लाहीको हरिपूर्वा नगरपालिका लगायत क्षेत्रबाट प्रहरीले साँढे नौसय लिटर घरेलु मदिरा बरामद गरेको छ।

यस्तो छ उपनिर्वाचन हुने क्षेत्रको अंकगणित

मुलुकमा अहिले उपनिर्वाचनको तातो छ। कास्की २ को संघीय संसदको चुनाव सबै भन्दा केन्द्रमा रहेको छ। नेकपाका नेता रवीन्द्र अधिकारी जो पर्यटन मन्त्रीको जिम्मेवारीमै रहेको बेला हेलिकप्टर दूर्घटनामा परेपछि खालि हुन गएको यो क्षेत्रको निर्वाचन परिणाम राष्ट्रिय राजनीतिको चश्मा बन्ने आँकलन भैरहेको छ।

ढकाल, भँंडेल र लवजू मुख्य प्रतिस्पर्धी

भक्तपुर–१ प्रदेश ‘क’ (पुरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका–१० कमलविनायक क्षेत्र) मा हुन लागेको उपनिर्वाचनका लागि यसपटक पनि तीन दलबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

कालापानी र उपनिर्वाचन

संघीय, प्रदेश र स्थानीय तहका केही स्थानमा हुन लागेको निर्वाचनलाई कतिपयले मिनी जनमत संग्रह हुने टिप्पणी गरिरहेका सुनिन्छ। निर्वाचनमा मत घट÷बढले केही त संकेत गरेकै हुन्छ। यस्तो उपनिर्वाचनले कार्यकारी अधिकारमा बस्नेहरूका क्रियाकलापको जति मूल्यांकन गर्छ त्यति नै प्रतिपक्षसहित अन्य राजनीतिक दलको अवस्थाको समेत झल्को मिल्छ। तिनै प्रदेशको निर्वाचन भएको दुई वर्ष भएको छ। दुई वर्षका कार्यप्रति आमनागरिकले खुसी जाहेर गर्नुपर्ने केही देखिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्