६ आश्विन २०८१ आइतबार
image/svg+xml

ओलीलाई सच्याउन कांग्रेस जिताऔं : देउवा

प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी बन्दै गएको भन्दै उनलाई सच्याउन मंसिर १४ गतेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन नेताहरूले आह्वान गरेका छन्।

सुनसान थवाङको उपनिर्वाचन: सबै सदस्यको राजीनामा

यहिं मंसिर १४ गते उपनिर्वाचन हुन थालेको थबाङ गाउँपालिका वडा न. १ का सबै वडा सदस्यहरुले राजीना दिएका छन्। गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित उनीहरुले एक मुस्ट राजीना दिएका हुन्। आउदै गरेको वडा अध्यक्षको चुनावमा स्वतन्त्र उमेदवार भद्र झाकृलाई निर्विरोध नबनाएपछि उनीहरुले राजीनामा दिएका हुन्।

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ ।

उम्मेदवारको मुख्य मुद्दा नगरकोट सडक

यस क्षेत्रको निर्वाचनमा पछिल्लो यही क्षेत्रको निर्वाचन परिणाममा जस्तै मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा, नेपाली नेपाल मजदुर किसान पार्टी र सतारुढ नेकपा नै रहने आकलन गरिएको छ। सतारुढ नेकपाले भने नगरकोट सडकलाई मुद्दा बनाएको छैन।

उपनिर्वाचनमा नेकपालाई कसैले रोक्न सक्दैनः नेम्वाङ

देशका विभिन्न ठाँउमा मंसिर १४ गते हुने उपनिर्वाचनमा सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा)लाई कसैले रोक्न नसक्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन्।

उपनिर्वाचन २०७६ : नेकपाको निर्वाचन क्षेत्र लक्षित घरदैलो

कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी गतिविधि तीव्र बनाएको छ। यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन्।

नेपाली कांग्रेस र राप्रपा संयुक्तबीच चुनावी कार्यगत एकता

मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेश ‘क’ (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी संयुक्तबीच चुनावी कार्यगत एकता हुने भएको छ। आइतबार यहाँं पत्रकार सम्मेलन गरी दुबै पार्टीका जिल्लास्तरीय नेताहरुले दुई पार्टीबीच चुनावका लागि कार्यगत एकता घोषणा गरेका छन्।

ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भयाेः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नेपालको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन्। ओलीको सल्लाहबिना भारतले नक्सा छाप्नै नसक्ने पनि उनले बताए।

उपनिर्वाचनमा खटिनेका लागि समूहिक दुर्घटना बीमा

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यहीं मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५ सय ५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ।

उपनिर्वाचन सुरक्षा, ‘विप्लव समूह चुनौती’

असोज २९ गते राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना उच्च तहका नेताहरु दाङमा पक्राउ परे। चन्दका सहोदर दाजु चन्दबहादुर चन्दसहित केन्द्रीय सदस्य तथा पार्टीका विभिन्न जिल्ला इन्चार्जहरुको पक्राउले विप्लव समूहलाई ठूलो घाटा पुग्यो। राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएका उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

उपनिर्वाचन तयारीबारे कूटनीतिक समुदायलाई जानकारी

निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय र मितव्ययी हुनेमा कूटनीतिक नियोगलाई आश्वस्त पारेको छ।

आचारसंहिता उल्लंघन भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र सत्तारूढ दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ।

उपनिर्वाचन २०७६ : मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा बाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ।

चालु योजना देखाएर मतदाता तान्दै

उपनिर्वाचनमा होमिएका राजनीतिक दलका उम्मेदवारले विकास निर्माणका पुरानै नारा र शैलीलाई निरन्तरता दिएर मतदाता तान्ने प्रयास गरेका छन्। विकास निर्माणमै आफूहरूको ध्यान केन्द्रित हुने उनीहरूको भनाइ छ।

निर्वाचन सामग्री जिल्ला पठाउन सुरु

निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकेको छ। आयोगले उपनिर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम सकेर ढुवानीको काम सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्