२७ पुस २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिम र गण्डकी प्रदेश सभामुखबीच अनुभव आदानप्रदान

सुदूरपश्चिम र गण्डकी प्रदेशसभाका सभाभुख, पदाधिकारी तथा सांसदले प्रदेशसभाको अनुभव आदानप्रदान गरेका छन्। प्रदेशसभाको अनुभव साट्न गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसहित १३ जना सांसद सुदूरपश्चिम प्रदेश आएका छन्।

प्रधानमन्त्री ओली सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार र बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउँदै छन्।

क्यान्सर पत्ता लगाउन नसक्ने क्यान्सर अस्पताल

मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो। करोडौं खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो। तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर रोग नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ। जनशक्ति र प्रविधि अभावका कारण उक्त अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौं र भरतपुर पठाउने गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रमुख आइसियुमा भर्ना

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल बिरामी भएर धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा भर्ना भएका छन्। उनको रगत र छातीमा समस्या देखिनुका साथै ज्वरोले च्यापेपछि निसर्ग अस्पतालमा उनलाई आइसियुमा भर्ना गरिएको छ।

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रदेश सचिवालयले दिएकाे जानकारी अनुसार प्रदेश सभाकाे ८ गते विहान ९ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भएका हुन्।

अख्तियारमा उजुरी बढ्दो

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।  विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको सङ्ख्या बढेको छ।

कुन्क्यौली

सुदूरपश्चिमेली महिलाका सामु उभिएका छन् पीडाका अग्ला हिमालहरु। भरिभराउ देखिन्छन् आँसुका पोखरी। उसो त पितृसत्तात्मक समाजको बोलवाला भएको मुलुकमा हरेक क्षेत्रका महिला पीडित नै छन्। विरह र वेदनाका सुस्केरा अलापेकै छन्। तुलनात्मक हिसाबले ती सुस्केरा बढी नै सुनिन्छन् मध्य तथा सुदूरपश्चिममा। यति हुँदाहुँदै पनि कुनै कुनै चाडपर्वले केही दिनलाई भए पनि ती पीडाका लहरलाई बिर्सिन सघाउ पुर्‍याउँछन्। त्यो आत्मीयता बोक्दै संवेदना र भावनाले भरिपूर्ण भएर दुःख बिर्साउन आइपुग्ने पर्व मध्ये एउटा हो माघे त्यार।

सुदूरपश्चिम प्रदेशको शुसासनसम्बन्धी विधेयक टेबल

सुदूरपश्चिम प्रदेशसभामा प्रदेशको सुसासन प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल भएको छ। प्रदेशसभाको बिहीबारको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बिधेयक टेबल गरेका हुन्। विधेयक पारित भए प्रदेश र स्थानीय तहमा भइरहेको ढिलासुस्ती अन्त्य हुने उनको भनाइ

लागुऔषधकाे लतमा फसेका युवाका कारण बढ्दै अपराध

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको व्यस्त बजारमा गत जेठ १३ गते मोटरसाइकलमा आएका दुई युवकले दिउँसै गोली हानेर नौ लाख रुपैयाँ लुटे। नजिकैको सिद्धार्थ बैंकबाट रकम झिकेर आफ्नो अफिस आइएमई सेन्टरमा लगिरहेका बेला निर्मल कार्कीलाई उनीहरू गोली हानेर लुटपाट गरेका थिए। पक्राउ परेका मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–६ का ३१ वर्षीय राजकुमार चौधरीसहित घटनामा संलग्न कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३० वर्षीय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर नगरपालिका–६ का २७ वर्षीय कल्लु राना तीनै जना लागुऔषध दुव्र्यसनी हुन्। घटनाको दुई सातापछि पक्राउ परेका तीनै जना अहिले पुर्पक्षका लागि थुनामा छन्।

जंगलमा पालमुनी छाउपडी

छाउपडी कुप्रथाका कारण महिनावारी हुँदा ५ दिन घर भन्दा बाहिर छाउगोठमा बस्नुपर्ने सुदूरपश्चिमका महिलाहरूको पीडा नै हो। त्यसमा पनि जंगलको वास हिउँदको महिना पालमुनी बस्नु पर्दाको पीडा कस्तो होला ?

पश्चिम पहाडमा हिमपात, राजमार्ग अवरुद्ध

सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो।

खप्तड गोल्डकप : थ्री स्टार र पुलिसमध्ये कसले मार्ला बाजी ?

मोफसलकै सर्वाधिक पुरस्कारको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि शनिबार (आज) थ्री स्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल धनगढीको क्षेत्रीय रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ। दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने बताएका छन्।

टाइब्रेकरबाट पुलिस फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग भिड्ने

टाइब्रेकरमा सीएमजी क्लब संकटालाई ५–४ ले पराजित गर्दै नेपाल पुलिस क्लब धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

खप्तड गोल्डकप : संकटा सेमिफाइनलमा

क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिएमजी क्लब संकटा बुधबार धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सयौं दर्शकले भरिएको धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमै संकटाले अग्रता लिएको थियो।

खप्तड गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

खेलको अन्तिम समयमा गोल गर्दै थ्री स्टार क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा थ्री स्टारले च्यासल युवा क्लबलाई १–० ले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्