काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रदेश सचिवालयले दिएकाे जानकारी अनुसार प्रदेश सभाकाे ८ गते विहान ९ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भएका हुन्।
यस्तै सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि ओली र पुष्पकमल दहालले सम्बोधन गर्नेछन्।
प्रकाशित: ५ फाल्गुन २०७५ १०:१८ आइतबार