२७ पुस २०८१ शनिबार
image/svg+xml

मुख्यमन्त्री भट्टले दिए,अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अटवारी पर्वका अवसरमा थारु समाजमा मनाइने पर्वहरुले सामाजिक एकता, भ्रातृत्व र शान्तिको सन्देश दिन प्रेरणा मिलोस् भनी शुभकामना दिएको छ

गैरा पर्वको रौनक

पछिल्ला केही वर्ष यता डडेल्धुराको सदरमुकाममा गौरा पर्व मनाइदै आएको छ। उक्त गौरा भर्नको लागि जिल्लाका मान्छे मात्र होइन्। अन्य जिल्लाका मान्छेको पनि ताति लाग्ने गर्छ ।

सुदूरपश्चिममा अनसन बस्ने डा. गोविन्द केसीको संकेत

स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले डडेल्धुराका जनप्रतिनिधिहरुको वेवास्ताको शिकार डडेल्धुरा अस्पताल डडेल्धुरा भएको बताएका छन्।

झोला भिरेर डा. गोविन्द केसी एक्लै सुदूरपश्चिम पुगेपछि...

एक्लै सुदूरपश्चिमका पहाड जिल्लाको अवलोकनमा निस्किएका डा. केसी डोटी र डडेल्धुरामा केही दिन बिताउने बताएका छन्। आफु सुदूरपश्चिम पहाड आउनुको कारण भने उनले खोल्न मानेका छैनन्।

नुन अभावको बहानामा ग्राहक ठग्दै व्यापारी

सुदूरपश्चिमका विभिन्न पाँच जिल्लामा नुनको चरम अभाव भएको छ। कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटीका विभिन्न क्षेत्रमा नुनको चरम अभाव भएको बताईएको छ। कतिपय ग्रामीण क्षेत्रमा ब्यापारीहरुले महंगोमा नुन बेच्न थालेको स्थानीयले गुनासो गरेका छन।नुन अभावको बहानामा ब्यापारीहरुले ग्राहकलाई ठग्न थालेका छन।

‘गौरा’ पर्वमा डेउडाको रौनक

सुदूरपश्चिम प्रदेशमा बिहीबार गौराको प्रतीमा भित्र्याएसँगै डेउडा सुरु भएको छ। गौरा पर्वको प्रमुख आकर्षण डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ। सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन्छ। महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन्।

सुदूरपश्चिम विश्वविद्यालय सुधार

मुलुकको दोस्रो ठूलो विश्वविद्यालयका रूपमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको ‘राजनीति’ पनि बुझिनसक्नुको छ।

नागरिककर्मीमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध

समाचारका लागि प्रतिक्रिया माग्न खोज्दा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख दिलबहादुर छत्यालमाथि दुव्र्यवहारको चौतर्फी विरोध भएको छ।

सुदूरपश्चिममा एनसेलका १३ टावरमा आगजनी

सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका एनसेलका १३ वटा टावरमा बुधबार राति आगजनी गरिएको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा आगजनी भएको बताइएको छ।

भ्रष्टाचार रोक्न ‘स्टिङ अपरेसन’

सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ। भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२/७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो।

संशोधित खर्च लक्ष्य पनि अधुरै

सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारले जस्तै गत आर्थिक वर्ष २०७५/०७६ मा बजेटको संशोधित अनुमान पनि फेला पार्न सकेको छैन। बजेट खर्चमा असफल मात्र होइन, प्रदेश सरकारले अघि सारेका महत्वपूर्ण कुनै पनि योजना कार्यान्वयन हुन सकेका छैनन्।

छाउ बार्दैनन् थारू महिला

सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी व्याप्त छ । कैयौं महिलाले महिनावारीको समयमा छाउ बारेका कारण अकालमा ज्यान गुमाउने गरेका छन् । छाउपडीको असर तराईका कैलाली र कञ्चनपुर जिल्लाका पहाडी बस्तीमा समेत परेको छ । ग्रामीण क्षेत्रमा मात्र होइन, सहरबजारमा बस्दै आएकाहरूले समेत छाउपडी प्रथालाई मान्दै आएका छन् ।

पुँजीगततर्फ ३७ प्रतिशत बजेट खर्च

आर्थिक वर्ष सकिनै लाग्दा विगतमा जस्तै हतारहतारमा काम गरेर बजेट सिध्याउने खेल भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले दिनहुँ विभिन्न तालिम गोष्ठीका नाममा बजेट सिध्याउन थालेका छ भने रकमान्तर गरी पुँजीगत बजेट सिध्याइरहेका छन्।

‘नेपाल नृत्योत्सव ’ मा सात प्रदेशका नृत्य

सुदूरपश्चिम चर्चित हुड्के नाच जमलस्थित राष्ट्रिय नाचघरमा तीन दिने नेपाल नृत्योत्सवमा प्रस्तुत भएको छ। कर्णालीको चिनारीको रूपमा लिइएको यो नाच बिहीबारदेखि सुरू भएको नेपाल नृत्योत्सवमा प्रस्तुत गरिएको थियो।

अझै सुल्झिएन बजेट विवाद, सातौं पटक पनि संसद स्थगित

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमाथि प्रतिपक्ष दलहरुको सहमति अझै पनि जुट्न सकेको छैन्। असार १ गते ल्याएको बजेटमा असहमति जनाएका प्रतिपक्ष दलहरुसँग लगातार छलफल भएपनि विवाद सुल्झिन सकेको छैन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्