बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा
बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ देखि व्यावहारिक रुपमा प्रयोगमा ल्याइने बताएका छन्।
बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ देखि व्यावहारिक रुपमा प्रयोगमा ल्याइने बताएका छन्।
पर्सा जिल्लाको ठोरी छोटी भन्सार पुनः सञ्चालनमा आएको छ। त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ) को प्रवेश बिन्दु ठोरी नाकामा रहेको ठोरी छोटी भन्सार बुधबारदेखि सञ्चालनमा ल्याइएको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि आज बोलाइएको प्रदेशसभाको बैठक शनिवार बस्ने गरी स्थगन गरिइएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद अभिराम शर्मा निलम्बनमा परेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आगामि आइतबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।
महाशाखाका अनुुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।
कोसी प्रदेशमा सरकार र प्रतिपक्षबिच आरोप–प्रत्यारोपको श्रृखंला सुरु भएको छ। प्रतिपक्षी दलहरू नेकपा एमाले, माओवादी केन्द्र र सरकार पक्षले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै प्रदेश प्रमुखलाई दबाब सृजना गरिरहेका छन्।
पर्यटन मन्त्रालयले राखेको तथ्यांक अनुसार सन् १९९५ पछि सबैभन्दा कम विदेशी पाहुना भित्रिएको महिना हो २०२० को अप्रिल। त्यो महिना नेपालमा जम्मा १४ जना विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएको तथ्यांक छ। त्यसपछिका अरु पाँच महिनासम्मको तथ्यांकमा नेपालमा विदेशी पर्यटक भित्रिएको संख्या तीन अंकभित्रै सीमित थियो। तर पछिल्लो समय नेपालको पर्यटक आगमन २०१९ को महिनालाई उछिन्दै उकालो लाग्न थालेको छ। चारवर्ष अवधिमा दुइ अंकको आगमन बढेर एकलाख कटिसकेको छ।
सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल प्रहरीलाई १३ वर्षयता विदेशी दातृ निकायबाट ठूलो धनराशि सहयोगस्वरूप प्राप्त भएको छ।
विराटनगरसँग धेरै मानिसहरु यस्तै आशा र अपेक्षा बोकेर काम खोज्दै शहर प्रवेश गर्ने गर्दछन्। तर पनि अनौपचारिक क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरूले काम पाउन सकेका छैनन्।
घर जग्गा किनबेचमा वार्षिक पाँच खर्ब बढीको कारोबार लुकाइएको दाबी व्यवसायीहरूले गरेका छन्।