१२ मंसिर २०८१ बुधबार
image/svg+xml

व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा निषेध

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले नेपाल अर्वुद निवारण संस्थाबाट गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अस्पतालमा प्रवेश निषेधको घोषणा गरेका छन्।

ढल व्यवस्थापन गर्दै सिपाडोलवासी

भक्तपुरको सिपाडोलवासी ढल व्यवस्थापनमा सक्रिय भएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलवासी ढल व्यवस्थापनका लागि काम सुरु गरेका छन्।

ढल व्यवस्थापनमा जुट्दै सिपाडोलबासी

भक्तपुरको सिपाडोलबासी आफ्नो क्षेत्रको ढल व्यवस्थापनमा आफैं जुटेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलबासीले शनिबार उदघाट्न गरी ढल व्यवस्थापनको काम थालेका हुन्।

हजारभन्दा बढी कर्मचारी समायोजनमा गएनन्

सरकारले कर्मचारीहरूको समायोजन पूरा भएको भनी घोषणा गरेको करिब १ वर्ष हुन लागेको छ। तर एक हजारभन्दा बढी कर्मचारीको व्यवस्थापन अझै हुन सकेको छैन। तीमध्ये आधाभन्दा बढी विभिन्न कारण देखाउँदै संघमा बस्न सफल भएका छन्।

अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न स्थानीय तह सहमत

७५ प्रतिशत हाराहारी जमिन ओगट्ने स्थानीय अव्यवस्थित बसोबास रहेको उदयपुरको मूल समस्याको दीगो व्यवस्थापन गर्न स्थानीय सरकारहरु प्रतिबद्ध देखिएका छन्।

शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्षमा रोकाय

मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा गणेशचन्द्र रोकाया चयन भएका छन्। शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगतको मध्यवर्ती वन व्यवस्थापन समितिको सोमबार भएको भेलाले रोकायालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

कर्मचारी सशक्तीकरण : किन र कसरी ?

व्यवस्थापन भनेको कर्मचारीरूबाट न्यूनतम लागतमा अधिकतम उपलब्धि लिने प्रक्रिया हो। संस्थाको लक्ष्य प्रभावकारी ढंगबाट हासिल गर्न कर्मचारीलाई कतिको सशक्तीकरण, प्रेरित, उत्साहित र अधिकारसम्पन्न गरिएको छ भन्ने कुरा अति महत्वको हुन्छ। सशक्तीकरण भन्नाले व्यक्तिलाई सोच्ने, व्यवहार गर्ने, मर्यादित र सुरक्षिततवरले कार्य गर्ने, कार्य नियन्त्रण गर्ने र समग्रमा निर्णय लिने स्वतन्त्रता प्राप्त हुनु हो। अर्थात् आफ्नो र संगठनको भाग्य निर्माण गर्ने सिलसिलामा आफू सशक्त भएको अनुभव नै सशक्तीकरण हो।

फोहर व्यवस्थापन गरिने

नयाँ बसपार्कमा रहेको मित्रनगर विकास तथा सुधार समितिले त्यहाँको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद तथा बिरामीको तत्काल उपचारका लागि एम्बुलेन्स खरीद गरी समाज सुधारका कार्य गर्ने भएको छ।

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने जिम्मा काठमाडाैं महानगर र स्थानीय तहको होः मन्त्री राई

सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको भएको बताएका छन्।

नियुक्तिलाई लिएर त्रिवि रजिस्ट्रार कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय व्यवस्थापनले तय गरेको सिद्धान्तविपरीत जनप्रशासन विभागमा निमित्त प्रमुख नियुक्त गरेको भन्दै विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले अनुचित ढंगले विभागीय प्रमुख नियुक्त गरेको भन्दै आन्दोलन थालेका हुन्।

स्थानीय पाठ्यक्रममा ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ।

‘राष्ट्रपति सीको सवारीमा चुस्त ट्राफिक व्यवस्थापनः प्रमदेखि सर्वसाधारणसम्मले धन्यवाद दिनुभयो’

उत्तरी छिमेकी जनगणतन्त्र चीनका राष्ट्रपति एवं विश्वकै शक्तिशाली नेता सी चिनफिङको नेपाल भ्रमण सफलतापूर्वक भइसकेको छ। चीनबाट २३ वर्षपछि भएको उच्चस्तरीय भ्रमणलाई नेपाल सरकार, सुरक्षा निकाय र आम नागरिकले सफल बनाए। सी को दुई दिने नेपाल भ्रमणका क्रममा सबैभन्दा धेरै चुनौती थियो काठमाडौंको सहज ट्राफिक व्यवस्थापन।

पेट्रोल भण्डारण आधा दिनलाई मात्र

सरकारले तीन महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउने बताउँदै आए पनि आयल निगमको रुपन्देही डिपोमा पेट्रोल भण्डारण क्षमता आधा दिन र डिजेलको तीन दिनलाई मात्र छ।

राष्ट्रिय संरक्षण दिवस : वातावरण संरक्षणका चुनाैती

विश्वभरि नै वन व्यवस्थापन र जैविक विविधता संरक्षणमा चुनौती बढ्दै गएका छन्। नेपाल पनि अपवाद छैन। नेपालमा कूल वनक्षेत्र करिब ६६ लाख हेक्टर छ। अर्थात् मुलुकको कूल भूभागको ४४.७ प्रतिशत। सार्क मुलुकमध्ये भुटानपछि दोस्रो।

सिसडोल र बन्चरेडाँडामा फोहोर फाल्न नदिने जनप्रतिनिधिको चेतावनी

सिसडोल र बन्चरेडाँडाका स्थानीय जनप्रतिनिधिहरुले काठमाडौंको फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्