४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

फोहर व्यवस्थापन गरिने

काठमाडौं- नयाँ बसपार्कमा रहेको मित्रनगर विकास तथा सुधार समितिले त्यहाँको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद तथा बिरामीको तत्काल उपचारका लागि एम्बुलेन्स खरीद गरी समाज सुधारका कार्य गर्ने भएको छ।

समितिको आज सम्पन्न ११औँ साधारणसभाबाट निर्वाचित अध्यक्ष विष्णु पोखरेलले सो जानकारी दिएका हुन्। सभाले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्ष दीपक सिङ्खडा, प्रथम उपाध्यक्ष गङ्गा पन्त, उपाध्यक्ष रुद्र दाहाल, महासचिव अर्जुनकुमार श्रेष्ठ, सचिव चन्द्रा बराल, कोषाध्यक्ष ज्ञानेश्वर गुरुङ र सह–कोषाध्यक्षमा राम खतिवडा चयन भएका छन्।

यस्तै, समितिको सदस्यमा शिवशरण डङ्गोल, तारा नेपाल, देवी कार्की, राजन महर्जन, जयलक्ष्मी कार्की, हेमबहादुर श्रेष्ठ, प्रेमकुमारी कार्की र हरिकृष्ण महर्जन भएका छन्।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्क क्षेत्रलाई सुन्दर क्षेत्रका रुपमा निर्माण गर्न मित्रनगर विकास तथा टोल सुधारसमितिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

'महानगरपालिकाको राजश्व आम्दानीमा मित्रनगर क्षेत्रको योगदान महत्वपूर्ण छ', उनले भने। विसं २०५७ मा स्थापना भएको समितिले मित्रनगर क्षेत्रमा वृक्षरोपण, खेलकूद, जनचेतनामुलक, महोत्सव, बालबालिका तथा वृद्धवृद्धालाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

समितिले आगामी दिनमा मित्रनगर क्षेत्रको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद, बिरामी बोक्नका लागि एम्बुलेन्स खरिदलगायतका कार्यक्रम गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए। रासस

प्रकाशित: २३ कार्तिक २०७६ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App