१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

ढल व्यवस्थापन गर्दै सिपाडोलवासी

भक्तपुर – भक्तपुरको सिपाडोलवासी ढल व्यवस्थापनमा सक्रिय भएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलवासी ढल व्यवस्थापनका लागि काम सुरु गरेका छन्। यहाँस्थित आदर्श मार्गदेखि कृष्णमन्दिर जाने सडकको दायाँबायाँ ढल व्यवस्थापनको काम सुरु गरिएको छ। सूर्यविनायकदेखि कृष्णमन्दिरसम्म रहेको आदर्श मार्गको एक किलोमिटर खण्डमा ढल व्यवस्थापनको काम सुरु गरिएको स्थानीय जानकारी दिएका छन्।

ढल व्यवस्थापन समिति गठन गरेका काम सुरु गरिएको हो। स्थानीय बालकृष्ण सापकोटाको अध्यक्षमा ११ सदस्यीय समिति गठन गरिएको थियो। सोही समितिको सक्रियतामा काम सुरु गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए। यसका लागि त्यहाँका प्रत्येक घरधुरीबाट पैसा जम्मा गरिएको छ। पहिलो चरणमा प्रतिघर २५ हजार र दोस्रो चरणमा प्रतिघर ४० हजारका दरले पैसा जम्मा गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए। यहाँ करिब २ सय ५० घरधुरी रहेका छन्।

स्थानीयको प्रयासलाई सूर्यविनायक नगरपालिकाले पनि सहयोग गरेको छ। नगरपालिकाको तर्फबाट ९० लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको समितिले बताएको छ। यहाँ ढल व्यवस्थापन गर्न एक करोड ५६ लाख ७५ हजार चार सय रुपैयाँ लाग्ने प्राविधिक प्रतिवेदन तयार भएको अध्यक्ष सापकोटाले बताए। सूर्यविनायक नगरपालिकाबाट ६० प्रतिशत र ४० प्रतिशत स्थानीयको लगानीबाट ढल व्यवस्थापनको काम सञ्चालन हुने छ। अहिलेसम्म स्थानीयले ६६ लाख ६७ हजार रुपैयाँ जम्मा गरेको उनले बताए। केही दिन अघिबाट सुरु भएको ढल व्यवस्थापनको काम आगामी चैतभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

प्रकाशित: २३ पुस २०७६ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App