९ मंसिर २०८१ आइतबार
image/svg+xml
नीलम तिम्सिना


नीलम तिम्सिनाका लेखहरु :

आर्थिक पुनरुत्थानमा केन्द्रीय बैंकको भूमिका

विश्वको वित्तीय प्रणालीमा स्थायित्व कायम गर्न तथा विश्व आर्थिक पुनरुत्थानमा सहयोग पुर्‍याउन विश्वव्यापी रूपमा नै केन्द्रीय बैंकहरू संकटको समयमा पहिलो प्रतिरक्षा रेखा सावित भएका छन्।

बढ्दै केन्द्रीय बैंकका चुनौती

चुनौतीहरू सामना गर्दै नेपाल राष्ट्र बैंक आफ्नो लक्ष्य हासिल गर्न प्रतिबद्धतासाथ अघि बढेको छ । आवश्यक छ– गतिशील, मेहनती, विश्वसनीय, समन्वयकारी र सकारात्मक सोचसहितको अग्रगामी नेतृत्व र प्रयास ।

नेपालमा मुद्रास्फीति

भारतीय मुद्रास्फीति २०२० जनवरीमा ७.५९ प्रतिशत हाराहारीमा छ। यसबाट पर्ने प्रभावमा नेपालले गर्न सक्ने केही हुँदैन।

वैदेशिक रोजगार बचतपत्रको महत्व

वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर वैदेशिक रोजगारीमा संलग्न नेपाली र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आफू वा आफ्ना घरपरिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी) का नाममा खरिद गर्न सक्छन्।

वित्तीय संस्थामा साइबर सुरक्षा

साइबर सुरक्षामा विश्वमा कसैले पनि विशिष्टता हासिल गर्न सकेका छैनन्। त्यसैले पनि यो वर्तमान युगको सबैभन्दा ठूलो चुनौती हो।

कर्मचारी संगठन कस्तो ?

नेपालमा अचेल सरकारी कार्यालय, बैंक/वित्तीय संस्था, विभिन्न सार्वजनिक संस्थानलगायत निजी व्यावसायिक संस्थामा जताततै कर्मचारी संगठनको भूमिका र संख्या सम्बन्धमा बहस हुने गरेका छन्। अतः संस्थामा कर्मचारी संगठन किन आवश्यक हुन्छ ? कुन सीमासम्म यसको भूमिका महत्वपूर्ण हुन्छ ? कर्मचारी संगठनसँग व्यवस्थापन पक्षको भूमिका कस्तो हुनुपर्छ ? संस्थामा कति वटासम्म कर्मचारी संगठन हुनु उपयुक्त हो ? यिनै विषयमा यो आलेख केन्द्रित छ।

कर्मचारी सशक्तीकरण : किन र कसरी ?

व्यवस्थापन भनेको कर्मचारीरूबाट न्यूनतम लागतमा अधिकतम उपलब्धि लिने प्रक्रिया हो। संस्थाको लक्ष्य प्रभावकारी ढंगबाट हासिल गर्न कर्मचारीलाई कतिको सशक्तीकरण, प्रेरित, उत्साहित र अधिकारसम्पन्न गरिएको छ भन्ने कुरा अति महत्वको हुन्छ। सशक्तीकरण भन्नाले व्यक्तिलाई सोच्ने, व्यवहार गर्ने, मर्यादित र सुरक्षिततवरले कार्य गर्ने, कार्य नियन्त्रण गर्ने र समग्रमा निर्णय लिने स्वतन्त्रता प्राप्त हुनु हो। अर्थात् आफ्नो र संगठनको भाग्य निर्माण गर्ने सिलसिलामा आफू सशक्त भएको अनुभव नै सशक्तीकरण हो।

नेपालमा बेरोजगारी

नेपालले गरिबी र आर्थिक असमानता घटाउन बेरोजगारी घटाउने अथक प्रयास गर्नैपर्छ। यही नै आत्मनिर्भरता र पौरखको आधार हो। राजनीतिक तथा सामाजिक सुधारकोे मार्ग पनि हो।

व्यापारघाटा नियाल्दा

आयातभन्दा निर्यात कम भएको अवस्थालाई व्यापारघाटा भनिन्छ। व्यापार घाटा नेपालको वैदेशिक व्यापारको विशेषता नै हो। तथापि अहिले यो थप चापमा देखिन्छ। विशेषगरी वैदेशिक रोजगारी र विप्रेषणका कारण नागरिकको व्रmयशक्ति बढेकाले उपभोग्य सामग्री र विलासिताका वस्तुको माग उच्चरूपले वृद्धि भएको छ।

व्यापार युद्धको चुरो

सन् १९३० को आर्थिक मन्दी पनि विश्वका विभिन्न मुलुकले चरम संरक्षणवादी नीति अवलम्बन गर्न थालेपछि नै आएको थियो। त्यही स्थिति पुनः विश्व आर्थिक इतिहासमा दोहोरिन सक्नेप्रति पनि सबै मुलुक सचेत हुन आवश्यक छ।

सुस्ताउँदोविश्व अर्थतन्त्रको नेपालमा प्रभाव

विश्व अर्थतन्त्र अहिले सुस्ताउँदो मोडमा आइपुगेको छ। वल्र्ड इकोनामिक आउटलुक (जुलाई, २०१९) अनुसार विश्वको आर्थिक वृद्धि सन् २०१७ मा ३.८ प्रतिशत, सन् २०१८ मा ३.६ प्रतिशत थिए भने सन् २०१९ मा ३.२ प्रतिशतमा झर्ने अनुमान छ। अमेरिकाले चिनियाँ सामान आयातमा लगाएको उच्च करर बदलामा चीनले पनि अमेरिकी सामान तथा प्रविधिमा निर्धारण गरेकाकरका उच्च दरले विश्व अर्थव्यवस्थामै निकै ठूलो तरंग ल्याएको छ। अमेरिकी कर व्यवहारले विश्वको प्रविधि आपूर्तिको सहज चक्र नै बिथोलिएको छ भने ब्रेक्जिटसँग सम्बन्धित अनिश्चितताले पनि विश्व आर्थिक वृद्धि र विश्व व्यापारमा चुनौती थपेको छ। विश्वमा बढिरहेको भू–राजनीतिक तनावले तेलको मूल्यलाई अस्थिर बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्