विश्वभरि नै वन व्यवस्थापन र जैविक विविधता संरक्षणमा चुनौती बढ्दै गएका छन्। नेपाल पनि अपवाद छैन। नेपालमा कूल वनक्षेत्र करिब ६६ लाख हेक्टर छ। अर्थात् मुलुकको कूल भूभागको ४४.७ प्रतिशत। सार्क मुलुकमध्ये भुटानपछि दोस्रो।
भूभागका हिसाबले नेपाल जति सानो छ जैविक विविधताका हिसाबले उति नै धनी । विगतका तीन दशकमा नेपालले आफ्नो जैविक विविधता संरक्षणमा गरेका प्रयास र त्यसका उपलब्धि विश्वमा नै उदाहरणीय भएका छन्।