४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

करार कर्मचारी अान्दाेलित

व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूले सरकारले जबरजस्ती हटाए आफूहरू सिंहदरबारभित्रै आत्मदाह गर्ने चेतावनी दिएका छन्।

सिंहदरबार भवन भत्काउनु नपर्ने

सिंहदरबारस्थित मुख्य प्रशासनिक भवनको पश्चिमी मोहडामा प्रबलीकरण (रेट्रोफिटिङ) गर्न मिल्ने देखिएको छ ।

सिंहदरबारको कैलाशमा बिताएका दिनहरू

२०३५ असारको पहिलो साताको कुनै दिन । एक जना गाउँकै साथी र म केही दिनपहिले मात्र गाउँबाट सहर आएका थियौँ । हामी पाटन मंगलबजारमा बसेका थियौँ । त्यो दिन पहिलोपटक हामी काठमाडौं घुम्न निस्केका थियौं।

मेरो पहिलो तलब ३ सय

नेपालकी पुरानी नायिका गौरी मल्लले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको हालै टेलिसिरियल ‘सिंहदरबार२’ नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ। उनै मल्लसँग नागरिक परिवारले गरेको कुराकानीः

मौलिकता जोगाएर सिंहदरबार भवनको पुनर्निर्माण गरिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई मौलिकता कायम रहने गरी पुनर्निर्माण गरिने बताएका छन्।

‘सिंहदरबार–२’ युट्युबमा हेर्न सकिने

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ अब युट्युबमा पनि हेर्न सकिनेछ।

सिंहदरबार प्रबलीकरणका लागि अध्ययन थालियो

भूकम्प गएको करिब ३८ महिनापछि सिंहदरबारको मुख्य प्रशासनिक भवनको पुनर्निर्माण प्रक्रिया सुरु भएको छ । २०७२ वैशाख १२ को भूकम्पबाट जीर्ण बनेको प्रशासनिक भवनको पश्चिमी मोहडा प्रबलीकरण (रेट्रोफिटिङ) गर्ने उद्देश्यका साथ अध्ययन थालिएको हो।

सिंहदरबारमा झल्किएन नेकपाको एकता

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भए पनि सिंहदरबारभित्र भने त्यस्को झल्को अझै देखिन सकेको छैन।

सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ वटा विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४ वटा विभाग बनाउन सिफारिस गरिएको छ।

सिंहदरबारमा जताततै कुकुरको झुण्ड

देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा मुलुकका नीति निर्मातादेखि सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ । तर, सिंहदरवारमा मानिसको मात्रै होइन, कुकुरको समेत बासस्थान बनेको छ । सिंहदरवारमा जताततै भुस्याहा कुकुरको झुण्ड देख्न सकिन्छ । यहाँ तीन दर्जनभन्दा बढी कुकुर बस्दै आएका छन् । सिंहदरबार काठमाडौं महानगरपालिकाले ‘कुकुर व्यवस्थित क्षेत्र’ घोषणा गरेको ठाउँ हो । तर, यहाँ कुकुरको झुण्ड हटेको छैन।

‘गाउँमा सिंह आए सिंहदरबार आएन’

गत वर्ष वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा शंखरापुर नगरपालिका– ८ का डिकबहादुर थिङ निकै खुसी थिए । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले गाउँमा नयाँ उत्साह ल्याउने उनलाई लागेको थियो । त्यसबेला ‘गाउँमै सिंहदरबार’को नारा घन्किएकाले पनि उनलाई जनप्रतिनिधि आएपछि केही होला भन्ने लागेको थियो ।त्यसबेला नेताहरूले गाउँमै सिंहदरबार आइपुग्लाझैँ भाषण समेत गर्थे।

भाडाका घरमा ‘सिंहदरबार’

‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा यति बेला नसुहाउँदो देखिन थालेको छ । करिब एक वर्ष पुगेको गाउँको सिंहदरबारमा ‘सिंह आएको तर दरबार नआएको’ जनगुनासो पनि चुलिन थालेको हो। चुनावका बेला हौसिएका जनप्रतिनिधि अहिले भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा तनाबमा देखिन्छन्। अलमलबीच गाउँको बलियो सरकार अधिकार अनि काम कर्तव्य नबुझेकै कारण कमजोर र निरीह जस्ता भएका छन्।

सिंहदरबारका सम्धीहरू

ग्रिगोरी एफिमोभिच रास्पुटिन आफूलाई ‘पवित्र पुरुष’ भन्थे। राजा (जार) निकोलस (द्वितीय) लाई उल्टो सल्लाह दिने ती ‘राजगुरु’ आफू सर्वशक्तिमान भएकाले मैमत्त थिए । अभिमानले उनको जीवनशैली ‘भुँइमा न भाँडामा’ थियो । साइबेरियाको दरिद्र किसान परिवारमा जन्मिएर उनी पादरी भए। तन्त्रमन्त्र जानेका चमत्कारी जोगी हुन् भनेर व्यापक प्रचार गरिएकाले दरवारमा उनी धार्मिक सल्लाहकारका रूपमा प्रवेश पाए।

'सिंहदरबारको अधिकार गाउँमा' चुनावी नारामात्रै

स्थानीय सरकार गठन भएको झन्डै एक वर्ष पुगेको छ। दुई दशकसम्म जनप्रतिनिधिविहीन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए। तर, गत वर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्