६ माघ २०८२ मंगलबार
image/svg+xml

यो निर्वाचन सामान्य निर्वाचन होइन, जनमत सङ्ग्रह हो : महासचिव पोखरेल

राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने सबै प्रकारका षडयन्त्रहरूलाई परास्त गर्ने सङ्कल्प गर्दे निर्वाचनमा होमिन उनले सबैलाई आग्रह गरे।

यी हुन् काठमाडौंबाट राप्रपाका १० उम्मेदवार, मिश्रदेखि अधिवक्ता भण्डारीसम्म

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता सुरु हुँदैछ। दलहरूले उम्मेदवार घोषणा गरेका छन्।

झापाबाट ओलीको सन्देशः हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको भन्दै सन्देश दिएका छन्।

नौ अर्ब मूल्यको धान उत्पादन घट्यो

तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको मन्त्रालयले जनाएको छ।

एन्फा राष्ट्रिय लिग : लालीगुराँसको लगातार दोस्रो जित

लालीगुराँसले सोमबार नव जनजागृतिमाथि ४–१ को जित निकाल्दै जारी लिगमा दोस्रो सफलता प्राप्त गयो। लालीगुराँसका आशिष गुरुङले दुई तथा अब्दुल यसुफ हाउले र एकोइटे जुनियर डोनोउले समान एक गोल गरे। जनजागृतिका उमेश सन्जेलले एक गोल फर्काए।

ट्रम्पको चेतावनीः युरोपेली देशहरूले विरोध गरेमा ट्यारिफ लगाएरै छोड्छौँ

ट्रम्पले ग्रीनल्यान्डको विषयमा युरोपेली देशहरूले आफ्नो विरोध गरेमा ट्यारिफ लगाउने धम्कीलाई ‘१०० प्रतिशत’ कार्यान्वयन गर्ने बताएका छन्।

राजनीतिको मैदानमा परै छुटे महिला !

नारा, भाषण र घोषणापत्रमा अटाउने महिला अर्थपूर्ण सहभागिताका लागि परिपक्व छैनन् भनेजस्तै गरेर सुरु गरिएको निर्वाचनको प्रक्रिया विधिमा अडिएको भए पनि व्यवहारसंगत छैन।

हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शान्तिसुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्ध सबैलाई निर्देशन दिएको छ।

नेपालगन्जका उप-मेयर राईले दिए राजीनामा, बने बाँके २ बाट जसपा नेपालको उम्मेदवार

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लड्न नेपालगन्ज उपमहानगरपालिकाका उप–मेयर कमरुद्धिन राईले राजीनामा दिएका छन्।

जेनजी आन्दोलनका नाममा झापा ५ मा जलाइएका संरचनाको निरीक्षण गरेर ओलीले चुनावी अभियान सुरु गर्ने

उम्मेदवारी दर्ताका लागि झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन्।

पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने

विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ।

कांग्रेसले धनुषा २ मा दिनेशलाई बनायो उम्मेदवार

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले धनुषा-२ मा दिनेशप्रसाद यादव परसैलालाई उम्मेदवार बनाएको छ।

कहाँ-कहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन्।

आज उम्मेदवारी दर्ता : मनोनयन गर्न जाँदा तडकभडक नगर्न निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु गरिसकेको छ। आयोगका अनुसार देशभरि एक सय ६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ/छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको छ। आयोगले यसपटक आचारसंहितामै उल्लेख गरेर उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ।

पत्रकारिता छाडेर राजनीतिमा होमिए ऋषि धमला, रौतहट–४ बाट उम्मेदवारी दिँदै

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्