७ आश्विन २०८१ सोमबार
image/svg+xml

सम्पर्कविहीन भनिएका जनमोर्चाका सांसद चरक अस्पतालको आईसीयूमा

सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही चरक मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना भएको अस्पतालले बताएको छ । अस्पतालका एक उच्च अधिकारीका अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जनमोर्चाका सांसद सम्पर्कविहीन भएपछि गण्डकीको अविश्वास प्रस्ताव संकटमा

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश आएको अविश्वास प्रस्ताव संकटमा परेको छ ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको भविष्य के होला ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध परेको अविश्वास प्रस्ताव आज निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।

गण्डकी प्रदेशमा सत्ता लम्ब्याउने खेल

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुने देखिएपछि सत्तापक्षका सांसदले मंगलबार कोरोनाको बहाना बनाएर प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।

कोरोना बहानामा सत्ता लम्ब्याउने खेल!

अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल भइरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले मंगलबारको संसद बैठक अवरुद्ध गरेका हुन् ।

अविश्वास प्रस्ताव पारित हुन नदिन कोरोनाको निहु

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने सम्भावना देखेपछि सत्तापक्ष नेकपा एमालेले कोरोना संक्रमणको बहाना बनाएर गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा सत्तारुढ नेकपा एमालेका सांसदले मंगलबार संसद बैठक अवरुद्ध गरेका हुन् । २० मिनेटका लागि भनेर रोकिएको संसद दिनभर चलेन ।

पीसीआर परीक्षणको माग गर्दै प्रदेशसभामा विरोध

सत्तापक्षीय सांसदको विरोधका कारण गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको विशेष अधिवेशन चलिरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले कोभिड–१९ भए नभएको पत्ता लगाउन पिसीआर परीक्षण नगरी प्रदेशसभा बैठक अगाडि नबढाउन माग गर्दै उभिएर विरोध जनाएपछि बैठक २० मिनेटका लागि स्थगित भएको हो ।

प्रतिगामी कदमको मतियार बनेकाले अविश्वासको प्रस्ताव : नेता नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वास प्रस्ताव सोमबार टेबल भएको छ । गण्डकी प्रदेश सभाको सोमबार सुरु भएको विशेष अधिवेशनको पहिलो बैठकमा प्रस्तावित मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल गरेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव आज (सोमबार) पेश भएको छ।

गण्डकी प्रदेशः अविश्वासको प्रस्ताव टेबल हुँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव सोमबार टेबल हुने भएको छ ।

कालीगण्डकी करिडोरः काम छाडेर व्यवसायी सम्पर्कविहीन

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ। काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन।

सहकारी समृद्धिको मुख्य आधारः उपसभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिको मुख्य आधार भएको बताएकी छन्।

गण्डकीका मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

'बहुमतले मुख्यमन्त्री बनाएको हो, अब बहुमतले नै हटाउँछ'

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी सहितका चारवटा दलको गठबन्धनमा अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको चालु अधिवेशन मध्यरातमा अन्त्य गरेका छन् । तर, दलहरुले भने विशेष अधिवेशन बोलाउन माग गरेका छन् ।

मध्यरातमा गण्डकीको अधिवेशन अन्त्य

अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको शिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको चालु अधिवेशन मध्यरातमा अन्त्य गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्