coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि परेको अविश्वासको प्रस्ताव आज (सोमबार) पेश भएको छ। सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका छन्। एमालेका मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी (राजपा)ले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

मुख्यमन्त्री गुरुङविरुद्ध गत चैत २८ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो। तर अविश्वासको प्रस्ताव दर्ता हुनु अघि नै प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए। लगत्तै अविश्वासको प्रस्ताव दर्ता गरेका कांग्रेस, माओवादी केन्द्र र राजपाले विशेष अधिवेशन माग गर्दै समावेदन गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ गते सोमबारदेखि दिउँसो २ बजेदेखि बैठक बस्नेगरी विशेष अधिवेशन आह्वान गरेका थिए।

वर्तमान अवस्थामा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव पारित हुने सम्भावना प्रवल देखिन्छ। किनकी अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी र राजपा एक ढिक्का भएर उभिएका छन्। ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा कांग्रेसको १५, माओवादी केन्द्रको १२ र राजपाको २ सांसद गरी अविश्वासको पक्षमा २८ सांसदले हस्ताक्षर गरेका छन्। यसमा राष्ट्रिय जनमोर्चा ३ सांसदकोपनि समर्थन रहेकाले ३१ सांसद उभिदा अविश्वासको प्रस्तावमा बहुमत सजिलै पुग्ने देखिन्छ। एमालेका २७ सांसद रहेपनि एक स्वतन्त्र सांसद राजिव गुरुङ ९मनाङे० मुख्यमन्त्री गुरुङको पक्षमा उभिएकाले प्रस्तावको विपक्षमा २८ सांसद मात्र हुने देखिन्छ। तर कर्णाली प्रदेशमा जस्तै यहाँपनि फ्लोर क्रस नहोला भन्न सकिन्न। किनकी यहाँपनि माधव नेपाल पक्षीय सांसद १ जना छन्।

प्रकाशित: १३ वैशाख २०७८ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App