काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने सहमति, डा केसीले अनशन तोडे
२७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएको छ। जसमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने मुल बुँदामा लामो छलफलपछि विहीबार राति सहमति जुटेको छ। आफ्नो मुख्य माग पूरा भएपछि डा केसीले अनशन तोडेका छन्।