४ पुस २०८२ शुक्रबार
image/svg+xml

निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ।

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

नगरपालिकाका पशुपन्छी शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार फाउल पोक्स भाइरस कुखुरा तथा अन्य पन्छीमा देखिने सङ्क्रामक भाइरल रोग हो।

अध्यक्षमा ओली तेस्रो पटक : प्रतिकूलतामा पनि प्रभावशाली

देशभरका करिब ७५ प्रतिशत प्रतिनिधिले ओलीलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेपछि उनी प्रतिकूल परिस्थितिमा पनि प्रभावी देखिएका हुन्।

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ।

३९ विद्यालयले राखे नेपालीपन झल्किने नाम

गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कने गरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ।

काठमाडौंका स्पा र होटलबाट ८ बालिकाको उद्धार, यौन शोषण गराउने ५ पक्राउ

काठमाडौं उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेस्टहाउसलगायत दोहोरी सेन्टरहरूमा नाबालिकालाई आर्थिक लाभ लिई यौनशोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले छापा हानेर उनीहरूलाई पक्राउ गरी बालबालिकाको उद्धार गरेको हो।

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो।

जेनजी आन्दोलनपछि लुकिछिपी बसेका दुई कैदी पक्राउ

कारागारबाट फरार रहेका र उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पेस गरिएको छ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा, क्यानडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०८ पैसा तोकिएको छ।

एमाले महाधिवेशनको सन्देश

गत भदौ २३ को जेनजी आन्दोलन, त्यसको आडमा भोलिपल्ट भदौ २४ गते भएको आगजनी, लुटपाट र ध्वंसका कारण मुलुकको निर्वाचित प्रधानमन्त्रीबाट बलात् हट्न बाध्य पारिएका केपी शर्मा ओलीले दलको अध्यक्ष पदमा ‘ह्याट्रिक’ गरेर आफ्नो वर्चस्वको पुनर्पुष्टि गरेका छन्।

युवराज सफलको चेतावनी– रवि निर्दोष भएर छुटेका होइनन्, मैले चाहेँ भने भोलि नै खोरमा हाल्दिन सक्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै युवराज सफलले प्रतिक्रिया जनाएका छन्।

नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः भीम रावल

नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जनताका अधिकारलाई बलियो बनाउने लक्ष्यसहित जनताका माझमा आएको बताएका छन्।

चुनावमा हारेपछि माओवादीबाट एमाले आएका विष्टले पार्टी छाडे

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्।

उपाध्यक्ष जितेपछि पृथ्वीसुब्बाको प्रण– तपाईंहरूको विश्वासलाई रत्तिभर डगमगाउन दिने छैन

नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले महाधिवेशन प्रतिनिधिहरूले आफूमाथि गरेको भरोसा र विश्वासलाई रत्तिभर डगमगाउन नदिने प्रण गरेका छन्।

खोटाङका तीन जना एमाले केन्द्रीय सदस्य निर्वाचित

एघारौँ राष्ट्रिय महाधिवेशनमा खोटाङबाट तीन जना केन्द्रीय सदस्य जितेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्