१० मंसिर २०८१ सोमबार
image/svg+xml

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।

स्थानीय र ठेकेदारबिच विवादले सडक निर्माण अवरुद्ध

त्रियुगा नगरपालिका १० बोक्सेस्थित स्तरोन्नतिसहित सडक कालोपत्रे योजनाको काम स्थानीय र ठेकेदारबिच भएको असमझदारीले महिना दिनयता रोकिन पुगेको हो।

उदयपुरका सामुदायिक वनको डढेलो हल्का वर्षाले मत्थर

कटारीमा आयोजित डढेलो नियन्त्रण सचेतना सप्ताहमा सहभागी वन विज्ञान क्याम्पस कटारीका विद्यार्थी।

४७ करोड घोटाला आशंकामा छानबिन

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगमा करिब पौने ४७ करोड रूपैयाँ अनियमितता भएको आशंकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

कटारीको कालिका सामुदायिक वनमा अवैध रुख कटान

उपभोक्ताका अनुसार समूहका अध्यक्ष तथा पदाधिकारीकै संलग्नतामा अवैध रुख काट्ने काम भइरहेको हो।

कटारी बजारको आगलागी नियन्त्रणमा

जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज विहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो।

युवाको कुटाइबाट वडा सदस्य गम्भीर

स्थानीय युवाको कुटाइबाट त्रियुगा नगरपालिका १४ का वडा सदस्य नारायण राई गम्भीर घाइते भएका छन्। बुधबार साँझ सडकमै युवाको कुटाई खाएका सदस्य राईको न्युरो अस्पताल बिराटनगरमा उपचार भई रहे पनि अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ।

उदयपुर अदालतमा बढ्दो सम्बन्ध विच्छेद

उदयपुरमा पछिल्लो केही वर्षयता सम्बन्ध विच्छेदका मुद्धा अत्याधिक बाक्लो आउने गरेको छ।

भाँडाको घरमा चलेको वडा कार्यालय अब आफ्नै भवनमा

उदयपुरको दुर्गम पहाडी गाउँपालिका लिमचुङबुङ ५ जाँतेको नवनिर्मित प्रशासनिक वडा भवन सञ्चालनमा आएको छ।

चन्दादाताको सहयोगमा विद्यालयको घेराबन्दी, प्रवेशद्वार र मञ्च निर्माण

विद्यालयले अभिभावक, शिक्षक, शिक्षा प्रेमी, कर्मचारी र जनप्रतिनिधिसँग चन्दा संकलन गरेर अपुग रकम थप्दै गेट, कार्यक्रम गर्ने मञ्च र स्कुल घेराबन्दी निर्माण गरेको हो।

त्रिवेणीमा ‘मैनी मेला’ को तयारी अन्तिम चरणमा

उदयपुरको कटारी नगरपालिका २ खोक्सास्थित ककरु, कमला र तावा खोलाको संगमस्थल (त्रिवेणी) मा माघ १ गतेदेखि लाग्ने १५ दिने मेलाको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ।

उदयपुर अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गरिने

सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पताललाई २ सय शैय्यामा स्तरोन्नति गर्ने तयारी गरिदैछ।

निर्माण व्यवसायी संघ उदयपुरको अध्यक्षमा पुन: आचार्य

दुई दिनदेखि जारी नेपाल निर्माण व्यवसायी संघ उदयपुरको दशौं सधारणसभा तथा आठौँ जिल्ला अधिवेशन बिहीबार सकिएको छ।

कटारी अस्पतालमा बाल रोग विशेषज्ञ सेवा सुरु

सुधारकै सिलसिलामा अस्पतालले छिट्टै बाल रोग विशेषज्ञ सेवा प्रदान गर्ने तयारी थालेको छ। त्यसका लागि कटारी नगरपालिकाले सोमबार मात्र बाल रोग विशेषज्ञ डा. सतिश शर्मालाई नियुक्त गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताए।

उदयपुर सिमेन्ट उद्योग खुल्दै बन्द हुँदै

इस्लिङट्न कलेजले यस साझेदारीमा विद्यार्थीको स्नातकसम्मको यात्रामा सम्पूर्ण प्रक्रियालाई सहजीकरण गरेर यस साझेदारीमा प्रमुख भूमिका खेल्ने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्