२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुर अदालतमा बढ्दो सम्बन्ध विच्छेद

‘पहिले राजीखुसी साथ नै बिहे गर्नु भाँको होला त, अहिले आएर यसो नगरेको भए हुन्थ्यो कि, किन छुट्न खोज्नुभयो?’ टेबलको फाईल पल्टाउँदै स्रेस्तेदार धनबहादुर कार्कीले पक्ष महिलालाई सम्झाउने शैलीमा सोधे ‘हुन त सोच विचार गरेरै मुद्धा हाल्नु भाँको होला तै पनि अझै केही बिग्रेको छैन, सोच्नुस् है!’

जिल्ला अदालत उदयपुरमा सम्बन्ध विच्छेदको मुद्धाको पेशी तोक्ने फाइल कानुन व्यवसायीको साथ आएकी एक महिलासँग स्रेस्तेदार कार्कीले गरेको प्रश्न हो यो। उमेरले ३२ वर्ष टेक्दै गरेकी २ छोराकी आमा उनले २ वर्षअघि दिएको सम्बन्ध विच्छेदको मुद्धा अन्तिम सुनुवाइको पखाईमा छ। फैसला नजिक पुगेकाले एकपटक अझै सोच्न कार्कीले उनलाई आग्रह गरे।

तर, ती महिलाले कार्कीसँग निशंकोच प्रतिप्रश्न गरिन् ‘अँह सर, अब मलाई सोच विचार केही गर्नु छैन। बिहे गरेको १५ वर्षमा २÷३ महिनाभन्दा बढी मसँग बस्नु भएकै छैन, बरु घर छाडेर हिड्नुभयो, त्यसपछि म माइत बस्न थालेको हुँ। कहिलेकाही उहाँ माइतमै आएर साता १० दिन बसेर हिड्नुहुन्थ्यो, पछिल्लो ४ वर्षयता त नाकमुख देख्न पाएको छैन। बोलचालसम्म पनि छैन। अनि यति लामो जीवन कसरी बिताउन सकुँला भन्नुस् त?’

महिलाका कुराले श्रीमान–श्रीमती मिलेर बस्न सक्ने अवस्था नरहेको बुझेका कार्कीले फाइलमा सही गरेर सम्बन्धित शाखातर्फ पठाए। दिउँसो १ बजेसम्ममा उनले यस्तै प्रकृतिका अरु २ फाइल सदर गरिसकेका रहेछन्। ‘आज विहानदेखि खाली डिभोसका फाइल मात्र टेबलमा आइरहेका छन्। १ः०० देखि २ः०० बजेसम्म खाजा खाने समय हो, तर निस्कन भ्याएकै छैन’ कार्यकक्षमै खाजा खाइरहेको अवस्थामा भेटिएका स्रेस्तेदार कार्कीले भने ‘विहानदेखि ४ वटा डिभोसका फाईल मात्र परेछन् आज।’

कार्कीको सुनाएको सो दिनको अनुभव प्रतिनिधि घट्ना मात्र हो। उदयपुरमा पछिल्लो केही वर्षयता सम्बन्ध विच्छेदका मुद्धा अत्याधिक बाक्लो आउने गरेको छ। सम्बन्ध विच्छेद गर्न चाहनेहरुमा ८० प्रतिशत हाराहारी वैदेशिक रोजगारीसँग सम्बन्धित परिवार रहेको उनले बताए। बाँकी छिट्फुट हिस्सा अनमेल विवाह, अन्तरजातीय र जवरजस्ती (करकाप) मा विहे गर्ने जोडीहरु छु्ट्टिन चाहेको पाइएको छ। अदालतका अनुसार सम्बन्ध विच्छेदको मुद्धा नपरेको कुनै महिना छैन। कम्तीमा हप्ता दिनमा एउटा मुद्धा सम्बन्धी विच्छ्दकै आउने गरेको अदालतले जनाएको छ।

अदालतमा नायव सुब्बा नारायण थापाले चालु आर्थिक वर्षको अद्र्धवार्षिक अवधिमा २ सय बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको बताए। उनका अनुसार गत साउनदेखि पुस मसान्तभित्र दर्ता भएका २ सय ९ वटामध्ये १ सय २७ वटा मुद्धाको छिनोफानो (फस्र्याैट) भइसकेको छ। बाँकी मुद्धा कतिपय पेशी चढिसकेको अवस्थामा छन् भने अनुसन्धानको प्रारम्भिक र मध्ये चरणमा विचाराधीन रहेको थापाले बताए। नासु थापाका अनुसार अदालतको कुनै इजलास पनि सम्बन्ध विच्छेदको मुद्धामा वहस नहुने बेन्चै छैन।  

प्रकाशित: १५ माघ २०७९ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App