coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

निर्माण व्यवसायी संघ उदयपुरको अध्यक्षमा पुन: आचार्य

निर्माण व्यवसायी संघ उदयपुरको नवनिर्वाचित कार्यसमिति पदाधिकारी र सदस्य। तस्विरः महेश्वर

दुई दिनदेखि जारी नेपाल निर्माण व्यवसायी संघ उदयपुरको दशौं सधारणसभा तथा आठौँ जिल्ला अधिवेशन बिहीबार सकिएको छ। अधिवेशनले कौशल आचार्यलाई पुनः अध्यक्षमा चयन गरेको छ।

‘पूर्वाधार विकास राष्ट्र निर्माणको आधार, बनौँ सर्वपक्ष जिम्मेबार’ भन्ने नाराका साथ बुधबार सदरमुकाम गाईघाटस्थित एक रिसोर्टमा आयोजित अधिवेशनको निर्माण व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले उद्घाटन गरेका थिए। अधिवेशनको दोस्रो दिन भएको बन्दशत्रले बिहीबार साँझ नयाँ कार्यसमिति चयन गरेको हो। बन्द शत्रले यसअघिकै अध्यक्ष आचार्यलाई चुनावी प्रक्रियामार्फत अर्को कार्यकालका लागि चयन गरेको निर्वाचन समितिले जनाएको छ। 

सम्पन्न अधिवेशनले गठन गरेको २१ सदस्यीय कार्यसमितिमा ३ उपाध्यक्ष सर्वसम्मत छानिएका छन्। जसमा प्रथम उपाध्यक्ष सुनिल कार्की, द्वितीय उपाध्यक्ष सुवास भट्टराई र तृतीय उपाध्यक्ष वीरेन्द्र खड्का रहेका छन्। त्यसैगरी महासचिव सुदिप दाहाल, सचिव कुलबहादुर राउत, कोषाध्यक्ष अश्वीन खड्का र सहकोषाध्यक्ष भूवन खड्का छानिएका छन्।

अधिवेशनले सदस्यमा सीताकुमारी कार्की, मन्दिरप राई, उद्धवबहादुर खत्री, अनिल खड्का, बिनोद थापा र गणेश राईलाई छानेको छ। सर्वसम्मत सदस्य पर्ने अन्यमा राकेश खत्री, एल्बीन बस्नेत, प्रमोद पोखरेल, हेम दाहाल, सुनिल साह र अनिल आचार्य रहेका छन्।

पदाधिकारी ८ जनामध्ये अध्यक्ष र सहकोषाध्यक्षबाहेक र सबै सदस्य सर्बसम्मत चयन भएको निर्वाचन समिति संयोजक प्रकाश बस्नेतले बताए। अध्यक्ष र सहकोषाध्यक्षमा भने २–२ जना आकांक्षी भएपछि सर्वसम्मत समिति हुन नसकेर चुनावमा जानु परेको थियो। सर्वसम्मत समिति गठनका लागि पटकपटक छलफल भए पनि संभव नभएपछि लोकतान्त्रिक बिधी अपनाउन चुनावी प्रक्रियामा जानु परेको बस्नेतले बताए।

सर्वसम्मतको प्रयास असफल भएपछि चुनावबाट प्रतिस्पर्धा गराउँदा आचार्य विजयी भएका हुन्। ४९ मत पाएका अर्का प्रत्यासी प्रेम तिम्सीनालाई पराजित गर्दै १ सय ३६ मत पाएर आचार्य अध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी सहकोषाध्यक्षमा भुवन खड्का १ सय २० मत पाएर सहकोषाध्यक्षमा बाजी मार्न सफल भए। उनका प्रतिद्वन्द्वी तुलबहादुर आलेमगरले ६४ मत पाएको निर्वाचन समितिले जनाएको छ।

निर्माण व्यवसायी संघ उदयपुरमा २ सय ७ वटा कम्पनी आबद्ध रहेको बताइएको छ। संघको कार्यकाल ३ वर्षको हुने विधानले व्यवस्था गरेको छ।  

प्रकाशित: २९ मंसिर २०७९ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App