११ मंसिर २०८१ मंगलबार
image/svg+xml

उदयपुरमा कोभिडका बिरामी घट्दै

गएको सातादिनयता १ जना, २ वा शून्य संक्रमण देखिदै आएको र दिनदिनै कम हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

एमाले नेता नेम्बाङ गाईघाटमा

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले बिद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजबादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई थुमथुमाउन एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको जनाइएको छ।

निरन्तर वर्षाले उदयपुरको जनजीवन प्रभावित

दिनहुँजसो भईरहेको वर्षाका कारण आन्तरिक सडकहरु भत्के बिग्रेर सदरमुकामदेखि अन्य स्थानीतहबीच आवतजावतमा समस्या उत्पन्न भएको छ भने नगर गाउँपालिकाहरुका आन्तरिक सडकहरु अवरुद्ध हुन पुगेका छन्।

‘कामका लागि नगद’ ले श्रमिकलाई राहत

रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाका विभिन्न वडामा पूर्वाधार निर्माणका काममा लक्षित वर्गलाई परिचालन गरेर ज्यालादारी काममा खटाएको हो।

सप्तकोसी फुटेपछि उदयपुर र सप्तरी उच्च जोखिममा

उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी बेलका नगरपालिका ८ लाहुरे खोलानेर आईतबार बिहान फुटेर धार परिवर्तन गर्दै पश्चितर्फ आउन थालेपछि उदयपुर र सप्तरीमा जनधनको क्षति हुने उच्च जोखिम बढेको हो।

दुई सातामा दुईको हत्या, दोषी पत्ता नलगाएको जनगुनासो

घट्नाबारे प्रहरीले सुक्ष्म अनुसन्धान भईरहेको बताए पनि सातादिन बित्दासम्म दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप अन्याय भएको नागरिक समाज तथा अधिकारकर्मीको धारणा छ। उनीहरुले अघिल्लो दिन नै एक सामुहिक विज्ञप्ती प्रकाशित गरी जघन्य हत्या भएको यतिका दिन बितिसक्दा पनि दोषी पत्रँ लगाउनुलाई प्रहरी प्रशासनको कमजोरीको सज्ञा दिएका छन्।

उदयपुरमा थप १७ हजार खोप आयो

कोभिडविरुद्धको थप १७ हजार डोज खोप उदयपुर आईपुगेको छ। अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप शनिबार जिल्ला आईपुगेपछि वितरण भईरहेको छ भने मंगलबारदेखि सबैतिर खोप लगाउने कार्यक्रम तय गरिएको छ ।

उदयपुरमा एकवर्षमा २३४ दुर्घटना, ३८ को मृत्यु, ३८५ घाईते

आर्थिक वर्ष ०७७/७८ मा सानाठूला सवारी दुर्घटनामा परी ३८ जनाको ज्यान गएको छ भने ३ सय ८५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उदयपुरमा ६४ करोड राजस्व संकलन

०७७ साउनदेखि ७८ असार मसान्तसम्म ६३ करोड ८१ लाख ४३ हजार ९ सय २ रुपैंया संकलन भएको गाईघाटस्थित करदाता सेवा कार्यालय उदयपुरले जनाएको छ।

उदयपुरका थप साढे २४ हजारलाई खोप दिईँदै

खोप सबैतिर एकैचोटी लगाउने व्यवस्था मिलाउन जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहलाई आईतबारसम्म बितरण गरिसक्ने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए।

सर्वोच्चको फैसलालाई स्वागत गर्दै उदयपुरमा दिपावली

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुनःस्थापना गरेको खुसीयालीमा उदयपुरमा दिपावली गरिएको छ।

उदयपुरमा १२ प्रतिशत रोपाइँ

उदयपुरमा विगतको तुलनामा यस वर्ष बेलैमा सुरु गर्न पाउँदा उदयपुरमा १२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र उदयपुरका अधिकृत रामकुमार केसीका अनुसार सिँचाइ सुविधा नभएको ठाउँमा पनि बेलैमा रोपाइँ सुरु भएको छ।

उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।

अग्निपीडितलाई विदेशमा रहेका युवाहरुको सहयोग

गाउँमा भैपरी र बिपत आईपरेका बेला सक्दो सहयोग गर्ने उद्देश्यले वैदेशिक रोजगारीमा कार्यरत युवाहरुले गठन गरेको अनलाईन सञ्जाल ‘संघर्षशील युवा समाज’ले घर बनाउन सहयोगका लागि व्यक्तिव्यक्तिबाट रकम संकलन गरेर नगद सहयोग प्रदान गरेको ताप्ली ४ घर भई कोरियामा कार्यरत सुरज किरातीले बताए।

उदयपुरका ८ मध्ये ७ स्थानीयतहले बजेट ल्याए

असार १० भित्र स्थानीयतहहरुले अनिवार्य बजेट ल्याउनुपर्ने बाध्यकारी प्रावधान अनुसार यहाँका ८ मध्ये ७ वटा स्थानीयतहले आगामी आर्थिकवर्षको बजेट तथा नीति कार्यक्रम बिहीबार प्रस्तुत गरेका छन्। कटारी नगरपालिकाले भने विशेष कारण देखाएर बजेट प्रस्तुत गरेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्