८ वैशाख २०८१ शनिबार
समाज

दुई सातामा दुईको हत्या, दोषी पत्ता नलगाएको जनगुनासो

जंगलमा हत्या गरी गाडिएको अवस्थामा भेटिएकी मृतक कृशला। फाईल तस्बिर

एकसाताअघि उदयपुरकी एक किशोरीको शव जंगलबीचको खोला किनारमा पुरिएको अवस्थामा भेटियो। जंगलमा घाँस दाउरा गर्न गएका स्थनीयले फैलिएको दुर्गन्ध पछ्याउँदै जाने क्रममा त्रियुगा नगरपालिका ६ जलजले नजिकै राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलबीचको खोला किनारमा लास देखेर प्रहरीलाई खबर गरे।

घटना साउन १९ गतेको हो। स्थानीयले कुहेर दुर्गन्धित बेवारिसे शव देखेर खबर गरे अनुसार खटेको प्रहरी टोलीले पहिचान गर्न नसक्ने अवस्थामो बेवारिसे लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझायो। राजदेवी वनको रातमाटे खोला किनारमा सालको रुखमुनि सामान्य खाल्डोमा पुरेको अवस्थामा भेटिएको शव सडेर सबै अंगहरु गलिसकेको र अनुहार कालो भएको हुनाले पहिचान गर्न सोधीखोजी हुँदैगर्दा त्रियुगा ६ मोहनपुरकै १७ वर्षीया कृशला चौधरीको भएको पत्ता लाग्यो। साउन १३ गतेदेखि हराईरहेकी छोरी खोजिरहेका प्रेमकुमार चोधरीले बाँया हातको डिजिटल घडी, घाँटीको बुटी माला, खुट्टाको डोरी, चप्पल र कपडाको टुक्रा हेरेर शव आप्mनै छोरीको भएको यकिन गरे।  

शव पहिचान भए पनि कृशलाको अनुहार भने पुरै हालो भएकाले तेजाव छर्केको अनुमान गरिएको छ। साथै उनलाई सामुहिक बलात्कारपछि निर्मम तरिकाले हत्या गरेको अनुमान गरिएको तर, हत्या कसले किन ग¥यो भन्ने रहस्य भने खुल्न सकेको छैन। घट्नाबारे प्रहरीले सुक्ष्म अनुसन्धान भईरहेको बताए पनि सातादिन बित्दासम्म दोषी पत्ता नलाग्दा पीडित परिवारलाई थप अन्याय भएको नागरिक समाज तथा अधिकारकर्मीको धारणा छ। उनीहरुले अघिल्लो दिन नै एक सामुहिक विज्ञप्ती प्रकाशित गरी जघन्य हत्या भएको यतिका दिन बितिसक्दा पनि दोषी पत्रँ लगाउनुलाई प्रहरी प्रशासनको कमजोरीको सज्ञा दिएका छन्।

किशोरीको मृत्युको सातादिन बित्दासम्म घट्नाबारे ठोस जानकारी आउन नसक्दा स्थानीयमा प्रहरी प्रशासनप्रति अविश्वास पैदा हुन खोजेको उनीहरुको ठहर छ। हत्या हो होईन, हो भने कसरी किन कसले गर्‍यो छिटो जानकारी गराउनुपर्ने वडाध्यक्ष निर्मलकुमार चौधरीको माग छ। प्रहरीलाई घट्नाबारे चाँडो जानकारी गराउन आग्रह गर्दा अनुसन्धान भईरहेको भनेर टार्दै आएको भन्दै वडाध्यक्ष चौधरीले दिनदहाडै मान्छे हराउने, हत्या हुने तर, अपराधी पक्राउ नपर्ने हुँदा जनतामा एक किसिमको त्रास बढ्दै गएको बताए।

कृशलाको शरीरका बिभिन्न भागसँगै योनीसमेत क्षतबिक्षत पाइएको तथा दाँत झरेको, अनुहार कालो भएकोजस्ता शवको प्रकृतिले उनीमाथि सामुहिक बलात्कारपछि हत्या भएको हुनसक्ने अनुमान गर्न सकिने स्थानीय मधुकर थापा बताउँछन्। गाउँमा निहत्था परिवार र किशोरी आफै अवोध भएकाले उनको हत्या हुनुपर्ने कुनै कारण नदेखिएकाले पनि बलात्कारपछि अपराध लुकाउने प्रयासस्वरुप हत्या भएको हुनसक्ने अनुमान गरिए पनि यकिन कारण पत्ता लाग्न भने प्रहरी अनुसन्धान नै पर्खनुपर्ने थापा बताउँछन्।

यता जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले घट्नाको सुक्ष्म अनुसन्धान भईरहेको बताउँछन्। सडिसकेको शव भेटेर अस्पताल ल्याइएको शव २ दिनपछि मात्र पहिचान भएको भन्दै उनले घट्नाबारे अनुसन्धानका लागि ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताए। पक्राउको बिबरण भने एसपी बोहराले उल्लेख गर्न चाहेनन्। ‘घट्ना गम्भीर प्रकृतिको छ, त्यसैले केहीमाथि सोधपुछ भईरहेको छ। अहिले नै नाम भन्न मिल्दैन’ बोहराले भने ‘जतिसक्दो छिटो दोषी पत्ता लगाएर कारबाही गर्नपर्ने भएकाले सबै तरिका अपनाएर अपराधीको खोजी भईरहेको छ।’

यता गएको साउन ६ गते भएको हत्याको रहस्य पनि सबै खुलिसकेको छैन। घट्ना हुनु अघिल्लो साँझ खाना खाएर सुतेका त्रियुगा नगरपालिका ८ गहिरुनका ६५ वर्षीय महिकर चौधरीको आफन घरमा घारिलो हतियार खुकुरी प्रहारबाट विहान झिसमिसेमा ज्यान गएको थियो। साँझ सँगै खाना खाएर सुतेका चौधरी विहान ५ः१५ बजे खुकुरी प्रहारबाट हत्या भएको अबस्थामा भेटिएको खवर आएपछि खटेको प्रहरीले त्यतिबेलै त्रियुगा नगरपालिका १३ पोर्ताहाका ४५ वर्षीय मेमोरी भन्ने किसन सदालाई पक्राउ गरेको थियो।

हाल उनलाई थुनामा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। सदा र चौधरीबीच साँझ खाना खानुअघि सामान्य बिबाद भएको र दुवै सुतेकोमा विहान चौधरी घाँटीमा गहिरो चोट लागेर मृत अवस्थामा फेला परेको खुलेको छ। चौधरीकै घरबाट सदालाई खुकुरीसहित पक्राउ गरिएको तर, हत्याको सबै कारण खुल्न अझै बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७८ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App