१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा थप १७ हजार खोप आयो

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरर। फाइल तस्बिरः महेश्वर/नागरिक

कोभिडविरुद्धको थप १७ हजार डोज खोप उदयपुर आईपुगेको छ। अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप शनिबार जिल्ला आईपुगेपछि वितरण भईरहेको छ भने मंगलबारदेखि सबैतिर खोप लगाउने कार्यक्रम तय गरिएको छ ।  

एकसाताअघि आएको २४ हजार ६ सय डोज चाईनिज कम्पनीको भेरोसेल खोप लगाईसकेको भोलिपल्टै जोन्सन खोप आईपुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। खोप सोमबारसम्ममा सबै स्थानीयतहहरुलाई वितरण गरिसकेर मंगलबारदेखि लक्षित वर्गलाई लगाइने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए। खोप सोमबारदेखि नै लगाउने भनिए पनि खोप कार्ड आउन ढिला भएका कारण एकदिनपछि लगाउने निर्णय भएको हो ।  

सवेदीले यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, वैदेशिक रोजगारीमा जान अध्यागमन अनुमतिपत्र (भिसा) प्राप्त गरिसकेकाहरु र अपांगता भएकालाई दिइने छ। यसअघिका चाईनिज भेरोसेल र भारतीय कोभिसिल्ड खोप २ मात्रा दिनुपर्ने खालका थिए भने जोन्सन एण्ड जोन्सन खोप एकपटक दिए पुग्छ ।  

सवेदीले एक भायलमा ५ डोज हुने जोन्सन खोप १७ हजार डोज लगाउँदा १९ हजार लक्षित वर्ग लाभान्वित हुने बताएका छन्। तर, भाईल खोलेको केहीबेरमै खोप भने लगाईसक्नुपर्ने भएकाले ५ जनाको समूह तयार गरेर मात्र खोप लगाउनुपर्ने हुन्छ। भेरोसेल र कोभिसिल्ड भने एक भाईलमा २ डोज मात्र हुने गरेको छ ।  

उदयपुरमा यो पटकको अभियानपछि खोप लगाउनेको संख्या ६५ हजार पुग्ने खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले बताए। उनका अनुसार यसअघि दुईपटक कोभिसिल्ड र दुईपटक भेरोसेल गरी ४९ हजारले खोप पाईसकेका छन्। तर, सुरुमा लगाउने ७० वर्षमाथिका १२ हजार ५ सयले भने एकडोज खोप लिएका छन्। ३ साताभित्र दोस्रो डोज खोप लिनुपर्ने १२ हजार ५ सय बृद्धबृद्धाहरु ६ महिना बितिसक्दासम्म दोस्रो डोज लगाउन पाएका छैनन् ।  

भारतले खोपका लागि अग्रिम भुक्तानी लिए पनि समयमा खोप नपठाएका कारण पहिलो डोज लगाउने बृद्धबृद्धाहरुले दोस्रो मात्राको खोप लगाउन नपाएको निरौताले बताए। खोप बेच्न अग्रिम पैसा लिएको भारतले समयमा खोप नपठाएर नेपाल सरकारलाई गम्भीर घोका दिएकाले पहिलो डोज लगाएका देशभरका बृद्धबृद्धाहरु दोस्रो मात्राको खोपबाट बञ्चित हुनुपरेको सुपरभाईजर निरौलाले बताएका छन्।

उदयपुरमा पछिल्लो २४ घण्टामा ३ महिलासहित १४ जना कोभिड संक्रमित पाइएका छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार नयाँ संक्रमितहरु चौदण्डीगढी नगरपालिकामा ११ र त्रियुगा नगरपालिकामा ३ जना छन् । योसँगै अहिले उदयपुरमा १ सय ११ महिलासहित २ सय ४६ जना सक्रीय संक्रमित रहेको स्वास्थ्यले जनाएको छ ।  

जिल्लामा अहिलेसम्म २ हजार ६ सय ४२ जना संक्रमित निको भईसकेका छन् । जसमा महिलाको संख्या १ हजार १ सय २० र बाँकी पुरुष रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश लुईटेलले बताए ।  

प्रकाशित: १८ श्रावण २०७८ ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App