३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

भूकम्पपछिको पुनर्निर्माण : घर ठडिएपछि भोजभतेर र नाचगान

मध्याह्न १२ बजे, स्थानीय ढाँडेबजार छोडेर धुले सडक हुँदै झन्डै डेढ घन्टा सवारीयात्राद्वारा हिमाली बस्ती सिरानगाउँ पुग्दा गाउँले भोजभतेरमा व्यस्त थिए । त्यहाँ घरका कोही नछुटी सबै गाउँले भेला भएका रहेछन् । राँगा, कुखुराको परिकारसहितका भोजन खाइरहँदा सुरु भएको नाचगानले बस्ती गुञ्जायमान बन्यो । आपसमा अबिर टीका र खादा पहि¥याएर उनीहरूले एकसाथ एकता, सद्भाव र खुसी साटासाट गरे ।

पुनर्निर्माणमा साउदी अरेबियाले तीन अर्ब सहयोग गर्ने

साउदी अरेबियाले भूकम्पपछिको पुनर्निर्माणका लागि तीन अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । साउदी सरकारको विकासका लागि साउदी कोषका प्रतिनिधि र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीबीच भएको छलफलपछि सो सहयोगसम्बन्धी समझदारी भएको प्राधिकरणले जानकारी दिएको छ ।

बाढी पुनर्निर्माणका लागि ७३ अर्ब लाग्ने

मुलुकमायो वर्ष बाढीले पु¥याएकोक्षतिकोपुनस्र्थापनागर्नकरिब ७३ अर्ब रुपैयाँआवश्यकहुने देखिएको छ । राष्ट्रिय योजनाआयोगले तयार पारेको ‘बाढीपछिकोपुनरुत्थानआवश्यकताआंकलन’लेसो आवश्यकतादेखाएको हो।

पुनर्निर्माणमा नयाँ सिइओका चुनौती

भूकम्पपछिको २९ महिना, ९२ प्रतिशत भूकम्पपीडितको बास टहरामै, भूकम्पबाट प्रभावित पुरातात्विक सम्पदा, सरकारी तथा ऐतिहासिक भवन, स्वास्थ्य संस्थालगायतको पुनर्निर्माण कार्य अलपत्र।

‘निजी आवास पुनर्निर्माण बढ्दो क्रममा’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी आवास (घर) पुनर्निर्माण बढ्दो क्रममा रहेको जनाएको छ । प्राधिकरणले पछिल्लो नौ महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै घर पुनर्निर्माण सुरु गर्ने लाभग्राही संख्या करिब दुई लाखले वृद्धि भएको जानकारी दिएको छ ।

भएन पुनर्निर्माण, उम्रियो झार

२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त रानीपोखरीमा अहिले झारले ढाकेको छ । करिब एक वर्षअघि पुनर्निर्माणका लागि भन्दै पोखरीको पानी फालेर माछालाई समेत कमलपोखरीमा स्थानान्तरण गरिएको थियो ।

‘कहाँ पुग्याे पुनर्निर्माण महाअभियान ?’

करिब एक वर्ष सात महिनाअघि ललितपुरको बुङमती मुख्यद्वारनजिकै झकिझकाउ थियो, एउटा मञ्च । ब्यानर, तुल र फूलमालाले सिँगारिएको मञ्चवरपर बाक्लो थियो, सुरक्षाकर्मीको उपस्थिति ।

अन्तिम चरणमा दक्षिणबाराही पुनर्निर्माण

दक्षिणबाराहीमा तामाको छाना छाउन स्थानीय संगठित भएका छन् । तामा छाना छाउने समितिका अध्यक्ष जुन श्रेष्ठका अनुसार त्यसका लागि २४ लाख रूपैयाँ लाग्नेछ । हालसम्म १८ लाख रूपैयाँ चन्दा उठिसक्यो । दाताहरू मन खोलेर सकेको दान गर्दैछन्।

सम्पदा पुनर्निर्माणमा उदासीनता

पुरातत्व विभागले पुनर्निर्माणमा जे जसरी उदासीनता देखाएको छ, त्यसकै कारण भूकम्पले क्षतविक्षत पारेका अधिकांश सम्पदाको पुनर्निर्माण हुन सकिरहेको छैन । जे जति मात्रामा सम्पदा पुनर्निर्माण भएको छ, त्यसको गति पनि निकै सुस्त छ ।

बागदरबार पुनर्निर्माण : सबलीकरण अटेर, भत्काउन तयार

विभागले दुई वर्षअघि नै प्रतिवेदन बुझाए पनि महानगरपालिकाले सबलीकरण सुरु गरेन। महानगरमा विद्यासुन्दर शाक्य मेयर बनेपछि भने उनले बागदरबार भत्काएर नयाँ बनाउने घोषणा गरेका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमण : पुनर्निर्माण सम्बन्धी चारवटा सम्झौता हुने

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममाभारत सरकारसँग भूकम्पपछिको पुनर्निर्माणका लागिचारवटा सम्झौताहुने भएको छ।

पुनर्निर्माण बजेट क्याम्पस रङरोगनमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको रमम पुनर्निर्माण र मर्मतबाहेक अन्य शीर्षकमा खर्चिन पाइँदैन। तर,  त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पसले पुनर्निर्माण रकम अन्य प्रयोजनमा खर्च गरिरहेका छन्।

‘रंगशाला पुनर्निर्माणमा राखेप बाधक’

युवा तथा खेलकुद मन्त्रालयका सविच महेशप्रसाद दाहालले दशरथ रंगशालामा पुर्निर्माणको जिम्मा सेनालाई दिने काममा रष्ट्रिय खेलकुद परिषद् (राखेप) बाधक बनेको आरोप लगाए । व्यवस्थापिका संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको युवा तथा खेलकुद उपसमितिलाई जबाफ दिने क्रममा मंगलबार सचिव दाहालले सो आरोप लगाएका हुन् ।

मिश्रित प्रणालीमा धरहरा पुनर्निर्माण

भूकम्पले भत्किएको ऐतिहासिक धरहरा पुरानै मौलिकता झल्कने गरी मिश्रित प्रणालीबाट पुनर्निर्माण गरिने भएको छ। धरहराको पुनर्निर्माण गर्ने जिम्मेवारी लिएको नेपाल टेलिकमसहित सरोकारवाला निकायका प्रतिनिधिबीच सोमबार भएको बैठकमा सो सहमति भएको हो।

कछुवा गतिमा पुनर्निर्माण

भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पुनर्निर्माणमा आफूहरूको प्रत्यक्ष भूमिका खोज्न थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्