३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

ठेकेदार गायव हुँदा पुनर्निर्माण अलपत्र

ठेकेदारले काम नगर्दा ललितपुरको पाटन दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण अलपत्र परेको छ । ठेक्का पाएको एक वर्ष हुँदा पनि ठेकेदार काममा नआएपछि दरबार क्षेत्रमा अवस्थित राधाकृष्ण मन्दिर पुनर्निर्माण अलपत्र परेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर पुनर्निर्माणको ठेक्का विनायक राम निर्माण कन्सट्रक्सन प्रालिलाई दिइएको थियो । ठेक्काको लागत चार करोड रूपैयाँ छ ।

सिन्धुपाल्चोकमा ५० हजार घर पुनर्निर्माण हुँदै

सीपयुक्त कामदार, प्राविधिक, निर्माण सामाग्री अभाव, लगातारको मुल्यवृद्धि र कालोबजारीका बाबजुद भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितले पुनर्निर्माणलाई तीव्र बनाउँदै लगेका छन्।

पुनर्निर्माणमा बहकिएको बहस

पुनर्निर्माणका लागि आवश्यक सिमेन्ट, बालुवा, रड, गिट्टीलगायतको कृत्रिम अभाव छ । केही ठाउँमा उपलब्ध भइहाले पनि भाउ आकासिएको छ । केही महिना अघिसम्म ७०० रुपियाँमा पाइने सिमेन्ट प्रतिबोरा १२ सय रुपियाँ, फलामे रडको प्रतिकेजी ७७ बाट १०० रुपियाँभन्दा बढी पुगेको छ।

वडाध्यक्ष र सचिवलाई आवास पुनर्निर्माण तालिम

भूकम्पीय पुनर्निर्माणका कामलाई सहज र छिटो सञ्चालन गर्न खोटाङका स्थानीय तहका वडाध्यक्ष र वडा सचिवका लागि आवास पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरिएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका कामलाई छिटो र सहज बनाउनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका वडाध्यक्ष र सचिवका लागि आवश्यक अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरेको हो।

रसुवामा पुनर्निर्माणका लागि ४ हजार बढी जनशक्ति बाहिरबाट ल्याइयो

भूकम्पले भत्किएका घर निर्माणका लागि जिल्लाका जनशक्तिले नपुगेपछि करिब ४ हजार जनशक्ति जिल्ला बाहिरबाट ल्याइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि एकसाथ घर निर्माण हुँदा जिल्लामा जनशक्तिको अभाव हुन पुगेको हो।

पुनर्निर्माणमा भारतको ७५ अर्ब सहुलियत ऋणबारे छलफल सुरु

भूकम्पपछिको पुनर्निर्माणमा ७५ अर्ब सहुलियत ऋण दिने भारत सरकारको प्रतिबद्धता कार्यान्वयनबारे दुई देशका अधिकारीबीच छलफल सुरु भएको छ ।

पुनर्निर्माणको पर्व

कुनै पनि विकास निर्माणका लागि हामीकहाँ पर्व कुर्ने चलन छ । कुनै खास पर्व पारेर शिलान्यास वा उद्घाटन गरेपछि त्यसको कार्यान्वयन भइहाल्छ भनेर ढुक्क हुन भने सकिँदैन । त्यसो हुँदो हो त हामीकहाँ विकास निर्माण योजना/आयोजनाको अहिलेजस्तो दुर्दशा हुने थिएन । कुनै न कुनै बहानामा यस्ता काम रोकिएका छन् । त्यसमा प्रत्येक वर्ष माघ २ गते भूकम्प दिवसका दिन कुनै न कुनै आयोजनाको थालनी गरेर वा यससम्बन्धी सचेतता जगाउँदै मनाउने चलन छ । १९९० माघ २ गतेको महाभूकम्पपछि जनधनको क्षतिलाई ध्यानमा राखी मनाउँदै आएको भूकम्प दिवसलाई शासन सत्ता परिवर्तन हुँदै गए पनि वर्षौंदेखि निरन्तरता दिइँदै आएको छ ।

पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको बिजोग

ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोल प्रवेशद्वारको माथिपट्टि एउटा ठूलो ब्यानर टाँगिएको छ । ब्यानरमा ठूला अक्षरमा लेखिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्षअघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहींबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।

दरबार स्कूल पुनर्निर्माण विवाद टुंगियो

भूकम्पबाट क्षतिग्रस्त दरबार हाइस्कूल पुनर्निर्माणबारे सरोकारवाला निकायबीचको विवाद टुंगिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाइमा सरोकारवाला निकायका प्रतिनिधिबीच बुधबार भएको छलफलबाट पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने सहमति जुटेको हो ।

दरबार स्कुल पुनर्निर्माण अन्योल

भूकम्पले क्षपितग्रस्त दरबार हाइस्कुल पुनर्निर्माण अन्यौलामा परेको छ । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सो विद्यालय भवन ऐतिहासिक भएकाले आधुनिक निर्माण सामग्री प्रयोग नगरी निर्माण गर्नुपर्ने सुझाव पुरातत्व विभागले दिएपछि निर्माण अलपत्र परेको हो ।

‘पुनर्निर्माण बाटोतर्फ’ सुनकुमारको यात्रा

सवारी साधनमा लेखिएका भावना कस्ता हुन्छन् ? सडक यात्रा गर्ने अधिकांशले सहजै उत्तर दिन सक्छन्– माया पिरतीका रमाइला र ठट्यौली भावना वा यस्तैयस्तै ।

सहरी पुनर्निर्माणमा ढिलासुस्ती

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपश्चात सुरक्षित एवं व्यवस्थित पुनर्निर्माणका लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तेस्रो वर्षमा पुग्यो । पाँच वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ स्थापना भएको पुनर्निर्माण प्राधिकरणको कार्य प्रगति हेर्दा निरासै हुनुपर्ने अवस्था नभए पनि सन्तुष्ट हुने आधार देखिँदैन ।

पुनर्निर्माण प्राधिकरणको हास्यास्पद तथ्यांक

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ४६ प्रतिशत प्रगति भएको हास्यास्पद तथ्यांक सार्वजनिक गरेको छ । स्थापनाको दुई वर्ष पुगेको अवसरमा बुधबार प्राधिकरणले वास्तविकभन्दा बढी प्रगति देखाएको हो ।

पुनर्निर्माण प्राधिकरणको दुई वर्ष : १० प्रतिशत घर निर्माण

भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्ष पार गरे पनि पुनर्निर्माण कार्यले भने अझै सुस्त रहेको छ। प्राधिकरणलाई राजनीतिक चलखेलको थलो बनाइएका कारण पुनर्निर्माणले गति लिन नसकेको जानकारहरु बताउँछन्।

पहिलो चार महिनामा पुनर्निर्माणमा ११.५५ प्रतिशत मात्र खर्च

चालु आर्थिक वर्षको प्रथम चौमासिक सकिँदासम्म भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत खर्च हुन सकेको छैन । चालु बजेटमा पुनर्निर्माण शीर्षकमा सरकारले छुट्याएको कुल बजेटमध्ये हालसम्म ११.५५ प्रतिशत मात्र खर्च भएको पाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्