पहिलो किस्ता नलिने भूकम्प पीडितको नाम लाभग्राहीको सूचीबाट हटाउने निर्णय
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिने भूकम्प पीडितकाे नाम लाभग्राहीको सूचीबाट हटाउने निर्णय गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता नलिने भूकम्प पीडितकाे नाम लाभग्राहीको सूचीबाट हटाउने निर्णय गरेको छ।
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति भएका विद्यालयहरू अझै पुनर्निर्माण हुन सकेको छैन। विभिन्न नगरपालिकाले तोकेको मापदण्ड पूरा गर्न नसक्दा भूकम्पबाट प्रभावित भएका ३१ जिल्लाका तीन सय सरकारी विद्यालयको पुनर्निर्माण अघि बढ्न नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक यमनारायण श्रेष्ठले जनाए।
२०७२ सालको भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका ७० हजार प्रभावित परिवार छानोमुनि छिरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमार्फत उनीहरू सुरक्षित बासस्थल छिरेका हुन्।
वास्तवमा लेख्न पनि लाज लाग्ने भइसक्यो। भूकम्प आइवरी गएको पनि ४ वर्ष बितिसकेको छ। यसबीचमा करिब करिब पुनर्निर्माणका काम सकिनुपर्ने हो तर अझै पनि निजी आवासको पुनर्निर्माण बाँकी नै छ भन्ने सुन्दा खल्लो लाग्नु स्वाभाविकै हो।
खोटाङमा भूकम्पपछिको पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको छ। भूकम्प गएको चार वर्ष बित्दा आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको हो।
सुनकोसी गाउँपालिकास्थित झागाझोली रातमाटाकी मैयादेवी थापाको करिब चार वर्षअगाडि तीन तले घर थियो। माटो ढुंगाकै भए पनि उनको भुँइतलासहित तीन तलाको घर थियो।
काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम सुरु गरिएको छ। बिहीबार कमलपोखरीमा एक कार्यक्रम गर्दै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन्।
सीता राई भूकम्पले भत्काएपछि नयाँ घर बनाउँदै थिइन्। घर बनाउने क्रममा सरकारले दिने दोस्रो किस्ता भर्खर प्राप्त भएको थियो। त्यति नै बेला उनी सुत्केरी भइन्। ६ जना छोरीमाथि अर्की छोरी र छोरो (जुम्लाहा) थपिए। दोस्रो किस्ता सुत्केरी खर्चमै सकियो। बन्दाबन्दैको घर स्थगित।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पछिको पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारवाही गरेको छ। प्राधिकरणले पुनर्निर्माणमा खटिएका प्राविधिक गैरकानुनी कार्यमा संलग्नता भेट्टिएसँगै कारवाही गरेको हो।
आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा ओखलढुंगामा ८३ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्। भूकम्प गएको चार वर्ष बितिसक्दा ८३ प्रतिशत मात्र निजी आवास पुननिर्माण भएका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सकिएकाे जानकारी दिएकाे छ। प्राधिकरणका अनुसार दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेका छन्।
भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन मितेरी पुलको पुनर्निर्माण यही जेठ महिनाभित्र सकिने भएको छ। गत कात्तिकबाट चीन सरकारले मितेरी पुलको निर्माण सुरु गरेको थियो।
पुनर्निर्माणपछि नयाँ भवन पाउँदा जयगणेश आधारभूत विद्यालयका अभिभावक तथा विद्यार्थी फुरुंग परेका छन्।